छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप
बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्रदान गरिएको छ।
छबिसपाथिभेरा गाउँपालिका तथा जलवायु परिवर्तन स्थानीय अनुकूल परियोजना (एलएसिसि) को संयुक्त आयोजनामा सो ५ दिने तालिम प्रदान गरिएको हो ।
असार ३१ गतेदेखि साउन ३ गतेसम्म सञ्चालन गरिएको तालिममा समुहका पदाधिकारीलाई स्थानीय रूपमा उत्पादित गोलभेडालाई प्रशोधन गरी बजारमा बिक्रीयोग्य तथा गुणस्तरीय वस्तुमा रूपान्तरण गर्ने व्यावहारिक तथा प्राविधिक सीप हासिल गरेका परियोजना जलस्रोत प्राविधिक दलबहादुर कठायतले जानकारी दिए।
तालिममा स्थानीय १८ जना महिला र २ जना पुरुष गरी २० जना सहभागी भएका थिए। सहभागीहरूले
तालिमका क्रममा गोलभेडा प्रशोधन, सस तथा चट्नी निर्माणलगायतका विषयमा प्रयोगात्मक ज्ञान तथा सीप प्रदान गरिएको थियो। स्थानीय उत्पादनलाई कच्चा पदार्थका रूपमा मात्र बि...






