Advertisement

Day: २०८३ असार ८, सोमबार २१:१७

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थानीय स्रोत साधनको उपयोगलाई प्रवर्द्धन गर्न ७ दिने दुना, टपरी सीप विकास तालिम प्रदान गरिएको हो । वडाका २६ जना महिलालाई स्थानीय स्तरमै उपलब्ध मालु र चुउराको पात प्रयोग गरी दुना, टपरी निर्माण गर्ने व्यावहारिक सीप प्रदान गरिएको छ । सहभागीहरूले दुना, टपरी निर्माण प्रक्रिया, उत्पादनको गुणस्तर व्यवस्थापन, बजारीकरणका उपाय तथा आयआर्जनका सम्भावनाबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरेका छन् । स्थानीय सीप र उत्पादनको प्रोत्साहन गरौँ भन्ने मूल नारासहित सञ्चालन गरिएको तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउँदै आयआर्जनका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ। दुना, टपरी उत्पादनलाई भविष्यमा उद्योगका रूपमा विकास गर्ने तयारी रहेको गाउँपालिका प्रवक्ता तथा वडा अध्यक्ष हरिश...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज