२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का
अछाम- अछामको मेल्लेख गाउँपालिकाको राजनीतिक वृत्तमा तरंग पैदा हुने गरी नेपाली कम्युनिष्ट पार्टी का पुराना नेता लोकबहादुर बोहरा ‘अविरल’ले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्।
२०५६ सालदेखि ‘मृत्यु वा मुक्ति’को नारा बोकेर जनयुद्धमा सक्रिय रहेका बोहराले २७ वर्ष लामो राजनीतिक यात्रालाई विश्राम दिने निर्णय सार्वजनिक गरेपछि अछामको राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी र प्रतिक्रियाहरू सुरु भएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै बोहराले बाँकी जीवन समाज, देश र सत्यको मार्गमा समर्पित गर्ने उल्लेख गरेका छन्। उनले पार्टी नेतृत्वप्रति कृतज्ञता व्यक्त गरे पनि पार्टीभित्र देखिएका अन्तरविरोध वा आफ्नो निर्णयका कारणबारे खुलाउन चाहेनन्।
माओवादी आन्दोलनका कठिन दिनदेखि पार्टी संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका बोहराको बहिर्गमनलाई धेरैले अछामको माओवादी राजनीतिका...


