औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया
नेपालगञ्ज, । औषधिको समुचित प्रयोग, गुणस्तरीय फार्मेसी सेवा प्रवाह तथा औषधि व्यवस्थापनका समसामयिक चुनौतीबारे सरोकारवालाबीच नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
औषधि व्यवस्था विभाग, नेपालगञ्ज शाखा कार्यालयको आयोजनामा सोमबार नेपालगञ्जमा आयोजित कार्यक्रममा औषधिको सुरक्षित तथा जिम्मेवार प्रयोग, औषधि सेवा विस्तार, जनशक्ति व्यवस्थापन, नियमनको प्रभावकारिता तथा ग्रामीण क्षेत्रमा औषधिको पहुँचलगायत विषयमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रमको अध्यक्षता औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखा कार्यालयकी प्रमुख निनु श्रेष्ठले गर्नुभएको थियो भने बाँकेका प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङ प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी सशस्त्र प्रहरी बलका एसपी, भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) तथा नेपाल औषधि व्यवसायी संघ, नेपाल फार्मास्युटिकल एसोसिएसन, नेपाल आयुर्वेदिक संघ, ने...



