बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग
धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ।
सोमबार जेन-जी अगुवा कमल सि ले विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा ज्ञापनपत्र बुझाइएका हुन्।
उनलेे विद्युत सेवाबाट वञ्चित दुर्गाथलि गाउँपालिका वडा नं. ५, ६ र ७, थलारा गाउँपालिका वडा नं. २, ३, ४, ७ र ८, केदारस्यूँ गाउँपालिका वडा नं. ६, ७ र ८ र बुङ्गल नगरपालिका वडा नं. २, ३ र १० लगायतका बस्तीहरूमा तत्काल राष्ट्रिय प्रसारण लाइन विस्तार गर्नुपर्ने माग राखेका छन्।
त्यस्तै सुदूरपश्चिमकै बहुप्रतीक्षित पश्चिम सेती जलविद्युत् आयोजना तत्काल कार्यान्वयनमा लैजान सरकारसँग माग गरेका छन् । ज्ञापनपत्रमा लामो समयदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत् आयोजना को कार्यान्वयन प्रक्रिय...

