भूकम्प पीडितलाई राहत दिलाउन सक्रिय ऐन महर, प्रक्रिया अघि बढ्यो
Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ: बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ऐन महर ले भूकम्प पीडितलाई राहत उपलब्ध गराउने प्रक्रिया छिट्टै अघि बढ्ने बताएका छन् ।
सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मा भएको छलफलपछि उनले बाँकी रहेका वास्तविक पीडितहरूको पहिचान गरी राहत रकम उपलब्ध गराउने विषयमा सकारात्मक सहमति भएको जानकारी दिएका हुन् ।
२०७९ र ८० सालको भूकम्पबाट प्रभावित बझाङका केही पीडित अझै छुटेको उल्लेख गर्दै सांसद महरले ती सबैलाई समेट्ने प्रक्रिया सुरु गरिने बताए। साथै, यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई प्रक्रिया अगाडि बढाउन पत्राचार भइसकेको उनले जनाएका छन् ।...


