स्थानीय व्यवसायीद्वारा यू -17 राष्ट्रिय फुटबल खेलाडी राम बोहरालाई नगदसहित सम्मान
कैलालीको गौरिगङ्गा नगरपालिका–०७, मसुरिया साझाबजारका स्थानीय व्यवसायीहरूले यू -17 राष्ट्रिय फुटबल खेलाडी राम बोहरालाई नगदसहित सम्मान गरेका छन्।
मसुरियास्थित राधा सपिङ्ग सेन्टर तथा जनला जनरल स्टोर परिवारका सञ्चालक रुद्रबहादुर जनालाले खेलाडी बोहरालाई सम्मान प्रदान गरेका हुन्। कार्यक्रममा स्थानीय खेलप्रेमी, सरोकारवाला तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सानै उमेरदेखि राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका बोहराले यू -17 SAFF च्याम्पियनसिप (भुटान र श्रीलंका) तथा यू-17 AFC क्वालिफायर (कतार र म्यानमार) मा सहभागी भई देशको प्रतिनिधित्व गरिसकेका छन्। उनले उमेर समूहका विभिन्न प्रतियोगिताहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।
बोहराले यू-16 ‘ए’ डिभिजन लिगमा आर्मी क्लबबाट कप्तानको जिम्मेवारी सम्हालेका थिए भने यू- 18 ‘ए’ डिभिजन लिगमा TAFC बाट पनि कप्तानक...


