अछाम- अछामको राजनीतिमा एउटा महत्वपूर्ण मोड आएको छ । अछाम क्षेत्र नं. १ को चुनावी माहोलले दीपक साउँदको पक्षमा उर्लिएको छ । नेकपा एमाले अछामका अधिकांश संस्थापक नेताहरू पार्टीका आधिकारिक उम्मेदवार दीपक साउँदलाई विजयी गराउने अभियानमा एकजुट भएका छन् । पार्टी निर्माणको कालखणदेखि नै संगठनलाई मजबुत बनाउन भूमिका खेलेका यी नेताहरूको साथ, सहयोग र समर्थन दीपक साउँदको पक्षमा खुलेर प्रस्तुत भएको छ । यसले पार्टीभित्र दीपक साउँदको स्वीकार्यता र नेतृत्व क्षमतालाई स्पष्ट रूपमा उजागर गरेको छ ।
संस्थापक नेताहरूको यो एकताले दीपक साउँदको उम्मेदवारीलाई अझ बलियो बनाएको छ । गोकुल प्रसाद खनाल, भीम बहादुर कडायत, अमर बहादुर रोकाया, केशर बहादुर साउँद (पूर्व सम्पर्क सचिव) लगायत १८ जना संस्थापक नेताहरूको यो सूचीले अछाम एमालेको जरा गाडेको इतिहास र यसको प्रभावलाई देखाउँछ । अछामका प्रमुख संस्थापक नेताहरु, जसमा गोकुल प्रसाद खनाल, भीम बहादुर कडायत, अमर बहादुर रोकाया, कृष्ण प्रसाद जैसी, कमलराज तिमिल्सेना, रत्न प्रसाद ढुंगाना, शिव प्रसाद उपाध्याय, केशर ब. साउँद, मिन ब. कुँवर, प्रेम बहादुर कुँवर, नन्द ब. कडायत, पदम बहादुर बुढा, महाविर साउँद, मोहन बोहरा, राम आउजी, तिलक कुँवर, राम ब. बुढा, र दान ब. बुढा रहेका छन् । उनीहरूको सबैको एउटै नारा– दीपक साउँदलाई जिताउने रहेको छ ।
यद्यपि पार्टीभित्र भीम रावलको पक्षमा लाग्नेहरू पनि छन्, जो एमालेकै बफादार कार्यकर्ता हुन् । तर, संस्थापक नेताहरूको यो ठूलो समूह दीपक साउँदको पक्षमा उभिएसँगै, पार्टीको आन्तरिक शक्ति सन्तुलन दीपक साउँदतिर ढल्किएको छ । संस्थापकहरूको यो समूहले संगठनलाई भित्रदेखि बुझेको, जनस्तरमा सम्बन्ध विस्तार गरेको र आ–आफ्नो क्षेत्रमा प्रभाव राख्ने भएकाले उनीहरूको एकताले जित निश्चित देखिएको छ ।
संस्थापक नेताहरूको यो सूची आफैंमा दीपक साउँदको बलियो जग हो । यिनै नेताहरूले पार्टीको संगठन विस्तार गरेका हुन् र उनीहरूको आशीर्वाद र सक्रियता दीपक साउँदको पक्षमा हुँदा यसले तल्लो तहसम्म सकारात्मक सन्देश गएको छ । साथै, भीम रावल पक्षधर कार्यकर्ताहरू पनि एमालेकै अभिन्न अङ्ग भएकाले, चुनावी समयमा उनीहरू पनि पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गर्ने नैतिक दायित्वमा बाध्य छन् ।
यसरी, संस्थापक नेताहरूको ऐक्यबद्धता, पार्टीको आधिकारिक उम्मेदवार रहेको स्थिति, र संगठनको व्यापक जनसमर्थनको आधारमा दीपक साउँद यस चुनावमा सबैभन्दा बलियो उम्मेदवार हुन् र उनको जीत पक्का छ । अछामको विकास र समृद्धिको लागि दीपक साउँदको नेतृत्वमा एमालेले ऐतिहासिक जीत हासिल गर्ने एमाले नेताहरुले बताएका छन् ।
क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार दीपक साउँद जित्ने मुख्य १० आधारहरू
अछाम क्षेत्र नं. १ मा यसपटकको निर्वाचनले विकास र राजनीतिको परिभाषा नै बदल्ने संकेत गरेको छ । एमालेका उम्मेदवार दीपक साउँदले पद नहुँदै गरेको विकास निर्माणका काम र भूईं तहको जनसम्पर्कले पुराना नेताहरूप्रति मोहभंग भएको देखिन्छ र जनतामा नयाँ आशा जगाएको छ । संस्थापक पुस्तादेखि युवा पंक्ति सम्म एकजुट भएको एमाले संगठन र प्रतिस्पर्धीहरूको कमजोर अवस्थाका बीच साउँदको उम्मेदवारीले विकासको नयाँ बहस सिर्जना गरेको छ । यसपटक जनताले काम र इमानदारीलाई हरेर दीपक साउँदलाई मत दिने देखिन्छ ।
१. पार्टी जनमत र एकताबद्ध पार्टी पंक्तिः
एमालेको जनमत यथावत रहनुका साथै पूर्व माओवादी समर्थकहरूको समेत आन्तरिक साथ प्राप्त भएको छ । गोकुल प्रसाद खनाल, भिम बहादुर कडायत, अमर बहादुर रोकाया, कृष्ण प्रसाद जैसी, कमलराज तिमिल्सेना, रत्न प्रसाद ढुंगाना, शिव प्रसाद उपाध्याय, केशर बहादुर साउँद (०४६सालको डोटी पार्टी सम्पर्क सचिव), मिन ब. कुँवर प्रेम बहादुर कुँवरलगायत १८ जना संस्थापक नेताहरू सबै उनको पक्षमा एकजुट छन् ।
२. जनप्रतिनिधि नहुँदै गरेको उल्लेख्य विकास कार्यः
दीपक साउँद यसअघि कहिल्यै जनप्रतिनिधि नभए तापनि धेरै पटक जितेर गएका जनप्रतिनिधिहरूको तुलनामा क्षेत्रमा बढी विकास निर्माणका काम गरेका छन् । उनले पद नहुँदै पनि सडक, विद्युत, खानेपानी लगायतका पूर्वाधार विकासमा पहल गरेका छन् ।
३. भूईं तहको व्यवहार र जनसुलभताः
दीपक साँउद आम जनतासँग सहज रुपमा घुलमिल हुने, समस्या सुन्ने र समाधानका लागि पहल गर्ने व्यवहारका कारण जनतामाझ लोकप्रिय छन् । दलाल, पुँजीपति र ठेकेदारभन्दा पनि भूईं तहको जनतासँग उनको प्रत्यक्ष सम्बन्ध छ ।
४. स्थानीय भूगोलको वास्तविक प्रतिनिधित्वः
रामारोशन, मेल्लेख र बानीगढी जयगढ क्षेत्रका जनताको वास्तविक समस्या बुझेको र त्यही भूगोलको उत्पादन भएको व्यक्तित्व भएकाले यी क्षेत्रका मतदाता उनको पक्षमा ढल्केका छन् ।
५. भीम रावलको जनजीविकामा कमजोर उपस्थितिः
भीम रावलले राष्ट्रिय राजनीतिमा नाम कमाए पनि जनजीविकाका सवालमा खास काम गरेको भन्ने जनगुनासो व्याप्त छ । जनताले माथिको राजनीतिभन्दा तलको विकास चाहेका छन् ।
६. भरत स्वारको विफल मूल्यांकनः
कर छली, पटक–पटक बैंकिङ कारोबार रोक्का र बक्यौता कायम रहेको विवादले भरत स्वारको आर्थिक पारदर्शिता र कानूनी अनुशासनमाथि गम्भीर प्रश्न उठेको छ । कांग्रेस उम्मेदवार भरत स्वार तत्कालीन जिल्ला सभापति हुँदा गरेको कामको मूल्यांकनमा विफल देखिएका छन् । उनको कार्यकालमा गरेका काम र नगरेका काम दुवैले जनतामा निराशा छाएको छ ।
७. कांग्रेसमै आन्तरिक असन्तुष्टिः
कांग्रेस अछामका शिर्ष नेताहरु आन्तरिक रुपमा असन्तुष्ट छन् आन्तरिक असन्तुष्टिले कांग्रेसको मत विभाजन हुने र त्यसको प्रत्यक्ष फाइदा दीपक साउँदलाई पुग्ने देखिन्छ ।
८. पटक पटक जितेकाहरूप्रति जनताको मोहभंगः
यस क्षेत्रमा पटक–पटक जितेका पुराना नेताहरूप्रति जनताको मोहभंग भएको छ । नयाँ अनुहार दीपक साउँदलाई जिताएर परिवर्तनको सन्देश दिने मानसिकता मतदातामा विकास भएको छ ।
९. युवा र उत्साही उम्मेदवारको छविः
दीपक साउँदले युवा उमेरमै क्षेत्रको विकासका लागि देखाएको सक्रियता र उत्साहले युवा मतदाताहरू उनप्रति आकर्षित भएका छन् । युवाहरूको साथले उनलाई थप बल पुगेको छ ।
१०. जनताको भावना बुझ्ने र समाधान खोज्ने क्षमताः
विकट क्षेत्रका जनताको दुःख, पीडा र आवश्यकता बुझेर व्यवहारिक समाधान खोज्ने उनको क्षमताले मतदाताको मन जितेको छ । उनी निर्वाचित भएमा पहुँच सहज हुने, विकासको गति अझै तीव्र हुने जनतामा विश्वास बढेको छ ।

