अछाम- १ मा दीपक साउँदको बलियो पकड, जितका १० आधार सार्वजनिक
अछाम- अछामको राजनीतिमा एउटा महत्वपूर्ण मोड आएको छ । अछाम क्षेत्र नं. १ को चुनावी माहोलले दीपक साउँदको पक्षमा उर्लिएको छ । नेकपा एमाले अछामका अधिकांश संस्थापक नेताहरू पार्टीका आधिकारिक उम्मेदवार दीपक साउँदलाई विजयी गराउने अभियानमा एकजुट भएका छन् । पार्टी निर्माणको कालखणदेखि नै संगठनलाई मजबुत बनाउन भूमिका खेलेका यी नेताहरूको साथ, सहयोग र समर्थन दीपक साउँदको पक्षमा खुलेर प्रस्तुत भएको छ । यसले पार्टीभित्र दीपक साउँदको स्वीकार्यता र नेतृत्व क्षमतालाई स्पष्ट रूपमा उजागर गरेको छ ।
संस्थापक नेताहरूको यो एकताले दीपक साउँदको उम्मेदवारीलाई अझ बलियो बनाएको छ । गोकुल प्रसाद खनाल, भीम बहादुर कडायत, अमर बहादुर रोकाया, केशर बहादुर साउँद (पूर्व सम्पर्क सचिव) लगायत १८ जना संस्थापक नेताहरूको यो सूचीले अछाम एमालेको जरा गाडेको इतिहास र यसको प्रभावलाई देखाउँछ । अछामका प्रमुख संस्थापक नेताहरु, जसमा गोकुल प्र...


