रामारोशन गाउँपालिकाको कार्यालय अगाडि युवकको आमरण अनसन, एमाले उम्मेदवार दिपकद्वारा माग पूरा गर्ने प्रतिबद्धता
अछाम- रामारोशन गाउँपालिकाको कार्यालय अगाडि विभिन्न विकास निर्माण र सुशासनसम्बन्धी माग राख्दै एक युवकले अनसन सुरु गरेका छन्। रामारोशन गाउँपालिका–५ तल्लो पातलका २४ वर्षीय तिलक बटालाले शुक्रबार साँझ ६ बजेदेखि आमरण अनसन सुरु गरेका हुन्।
बटालाले तल्लोपातल सडक, आडेखाँद सडक र अल्लेडी सडक निर्माणको अवस्था स्पष्ट गर्न तथा पर्यटकीय जयगढ–रामारोशन सडक कालोपत्रे कार्य किन अलपत्र परेको हो भन्ने प्रश्न उठाउँदै माग सम्बोधन नभएसम्म अनसन नतोड्ने बताएका छन्। तल्लो पातलमा सडक खै ?भन्दै तल्लोपातल बाट खाली खुट्टा हिडेर पालिका पुगेर अनसन सुरु गरेको हुन। जनताले वर्षौंदेखि भोग्दै आएको समस्या अनिवार्यरुपमा पुरा हुनुपर्ने बताएका छन् ।
उनले “भोट चल्ने, सडक नचल्ने”, “मत लिँदा पुग्ने, सडक दिँदा किन नपुग्ने?”, “मागेको भिक होइन, अधिकार हो”, “भ्रष्टाचारलाई जवाफदेही बना सरकार” जस्ता नारासहित संघर्ष जारी राख्ने बताएका...


