दिपक लाई जिताउन रामारोशनका मतदाता एकीकृत, एमाले रामारोशनको बैठक सम्पन्न
अछाम- फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेलाई बिजय गराउन रामारोशनका मतदाता एकीकृत भएका छन् ।
अछाम क्षेत्र नं १ का एमाले उम्मेदवार दिपक बहादुर साउँदलाई बहुमतले बिजय गराउन मतदाता एकीकृत भएका हुन् ।
नेकपा एमाले रामारोशन गाउँपालिका कमिटीको मुजाबगरमा सम्पन्न पाचौं बैठकले एमाले मतदाता उम्मेदवारलाई बिजय गराउन एकीकृत भएको जनाएको छ ।
पार्टीका प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसीको प्रमुख उपस्थितिमा बसको बैठकले विभिन्न निर्णय गरेको छ ।
बैठकले गाउँ कमिटी अध्यक्ष भीष्म साउँदको संयोजकत्वमा ५५१ सदस्यीय पालिका निर्वाचन परिचालन कमिटी गठन गरेको छ । कमिटीले उम्मेदवारलाई जिताउन सम्पूर्ण चुनावी अभियानलाई एउटै कमाण्डबाट, योजनाबद्ध, प्रभावकारी र अनुशासित ढंगले सञ्चालन कार्य गर्नेछ ।
त्यस्तै बैठकले नेशनल भोलेन्टियर फोर्स स्थापना गर्ने तथा वडा-वडा तहमा नियमित चुनावी बैठक सञ्चालन ग...



