अछामको राजनीतिक तौल दिपकतिर ढल्किँदै, रावल दबाबमा
अछाम निर्वाचन क्षेत्र नम्बर- १ को चुनाव यसकारण पनि रोचक छ, किनकि चुनाव चिन्ह सुर्यका कारण । ३४ बर्षदेखि सुर्य चिन्हबाट चुनाव लडदै आएका भीम रावल यसपटक सुर्य चिन्ह विहिन छन । युवा नेता दिपक साउँद अछामी जनताको मनमनमा गढेको सुर्य (बेल) चिन्ह सहित चुनावी मैदानमा छन । सुर्य चिन्ह लिएर दिपक चुनावी मैदानमा उत्रिएपछि अछाम- १ को चुनावी प्रतिष्पर्धाले रोचक मोड लिएको छ । सुर्य चिन्हबाट पटक पटक जितेका रावल विगतमा मालेले सुन्य सिट पाएको तारा चिन्हबाट चुनाव लडेका छन ।
अछाममा पार्टीको संगठित संरचना, युवा नेतृत्व, मध्यमवर्गीय समुदायको बलियो समर्थन र जनतासँग नजिकको सम्वन्धका कारण दिपक साउँद अछाम-१ मा सबैभन्दा प्रभावशाली र बलिया दावेदारका रूपमा उभिएका छन् । खरो र स्पष्ट वक्ता, जेनजीको भावना सम्वोधन गर्न सक्ने र युवाका सारथी दिपकका पक्षमा चुनावी माहोल तात्दै गएको छ ।
यही परिवेशमा अछामबाट पटकपटक संसदमा प्रति...

