एमालेको सचिवमा सुदूरपश्चिमबाट ऐन महरको बढ्दो सम्भावना
धनगढी: नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिएसँगै केन्द्रदेखि प्रदेशसम्म पदाधिकारी चयनबारेको बहस चर्किंदै गएको छ । पार्टीले पदाधिकारी संख्या घटाएर १५ मा सीमित गर्ने तयारीसँगै कसले कुन पदमा अटाउँछ भन्ने समीकरण झनै संवेदनशील बनेको छ । यही संवेदनशीलता र राजनीतिक सन्तुलनको घेराबन्दीबीच सुदूरपश्चिमबाट सचिव पदका लागि युवा नेता ऐन महर सबैभन्दा विश्वसनीय, प्रभावशाली र चर्चित दाबेदारका रूपमा अगाडि बढिरहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा नेताहरूबीच सचिवको दौड निकै प्रतिस्पर्धात्मक देखिन्छ । एकातिर पुराना नेताहरूको अनुभव, अर्कोतिर नयाँ पुस्ताको दाबी यीनै दुई धारबीच अहिले महर एक ‘सन्तुलित, स्वाभाविक र संगठनमैत्री विकल्प’ का रूपमा स्थापित हुँदैछन् । विद्यार्थी राजनीतिबाटै बुईकासिएका, अनेरास्ववियुका पूर्व अध्यक्षका रूपमा देशभर छुट्टै पहिचान बनाइसकेका महर अहिले पार्टीभित्र युवापुस्ताको प्रतिनिधि मात्र होइन, पर...


