Advertisement

Day: २०८२ मंसिर ९, मंगलवार १८:१४

दुर्गाथली गाउँपालिकामा वडा स्तरमा नागरिक गुनासो सम्बन्धी कार्यक्रम सम्पन्न

दुर्गाथली गाउँपालिकामा वडा स्तरमा नागरिक गुनासो सम्बन्धी कार्यक्रम सम्पन्न

बझाङ, समाचार
बझाङ । दुर्गाथली गाउँपालिकामा वडा स्तरमै नागरिक गुनासोसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम निड्स नेपाल र सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा, युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघको सहयोगमा, र दुर्गाथली गाउँपालिकाको समन्वयमा गरिएको हो । पालिकाका वडा नं. १ देखि ७ सम्मका सबै विद्यालयहरूमा पुगेर आयोजित यस कार्यक्रमले विद्यार्थीहरूबाट विद्यालय तथा स्थानीय सेवा-सुविधासँग सम्बन्धित गुनासा, सुझाव र समस्याहरू संकलन गरेको छ । कार्यक्रममा विद्यार्थीहरूको मात्र सहभागिता रहेको थियो। उनीहरूले सिकाइ सामग्रीको उपलब्धता, भौतिक पूर्वाधार, शैक्षिक वातावरण, शिक्षकको व्यवस्थापन, स्वास्थ्य–स्वच्छता तथा विद्यालयस्तरमा देखिने अन्य चुनौतीबारे आफ्ना विचार प्रस्तुत गरे । आयोजक संस्थाहरूका प्रतिनिधिहरूका अनुसार विद्यार्थीहरूले राखेका गुनासा तथा सुझावहरूलाई पालिकासँग साझा गरिने र सम्भव हुने सुधारहरू...
प्रतिनिधिसभा चुनावका लागि अहिलेसम्म ६४ वटा राजनीतिक दल दर्ता

प्रतिनिधिसभा चुनावका लागि अहिलेसम्म ६४ वटा राजनीतिक दल दर्ता

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डौ– आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा चुनावका लागि अहिलेसम्म ६४ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार हिजो आठवटा राजनीतिक दल दर्ता भएका हुन् । अस्तिसम्म ५६ वटा राजनीतिक दल दर्ता भएकोमा हिजो थपिएका आठसहित ६४ राजनीतिक दल पुगेको आयोगले जनाएको छ । आयोगले प्रतिनिधिसभा चुनावमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि भोलिसम्मको समयसीमा निर्धारण गरेको छ । आयोगमा कूल एक सय ३५ राजनीतिक दल दर्ता भएकोमा चुनाव प्रयोजनका लागि भोलिसम्म पुनःआवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ । रासस...
कञ्चनपुरमा हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी महिलाको मृत्यु

कञ्चनपुरमा हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी महिलाको मृत्यु

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर- कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मंगलबार भीमदत्त नगरपालिका-१४ बनकट्टीमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले घर भत्काउने क्रममा ४५ वर्षीया धना विष्टलाई आक्रमण गरेको प्रहरीले जनाएको छ। हात्तीको आक्रमणबाट गम्भीर घाइते विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। निकुञ्ज क्षेत्रमा हात्तीको आक्रमणबाट हरेक वर्ष मानिसको मृत्यु हुने गरेको छ । प्रहरीले स्थानीयलाई वन्यजन्तुबाट सावधानी अपनाउन तथा जोखिम क्षेत्र नजिक रातको समयमा सतर्क रहन आग्रह गरेको छ ।...
एनपिएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिच खेल हुँदै

एनपिएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिच खेल हुँदै

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिच खेल हुनेछ । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ बजे सुरु हुनेछ । करण केसीको कप्तानीमा रहेको काठमाडौँले तीन खेल खेलेको छ । यसका दुई हार र एक खेलमा जित निकालेको थियो । काठमाडौँ दुई अङ्कसहित तेस्रो स्थानमा छ । रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित चौथो स्थानमा छ । दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज