बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी बुढाको गयो ज्यान
बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी महिलाको उपचारका क्रममा ज्यान गएको छ। गाईबस्तुका लागि घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी मष्टा गाउँपालिका-३ सेरागडाडाकि निर्मला बुढाको उपचारका क्रममा ज्यान गएको हो ।
१८ वर्षीय बुढा गत कार्तिक ३० गते मंगलवार परिवन भीरमा घाँस काट्ने क्रममा करिब ४० मिटर तल खसेर गम्भीर घाइते भएकी थिइन्। टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकी उनलाई राति १० बजे जिल्ला अस्पताल बझाङ पुर्याइएकोमम चिकित्सकले थप उपचारका लागि धनगढी रेफर गरेका थिए।
मंसिर २ गते बिहान करिब ७ बजेर २० मिनेटमा धनगढीस्थित मायाँ मेट्रो अस्पताल पुर्याई उपचार भइरहेको र अवस्था बेहोश रहेको प्रहरीले जनाएको थियो।
हालै प्राप्त थप विवरणअनुसार मंसिर ५ गते बिहान ११ बजे उपचारको क्रममा बुढाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।...








