डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा डाबर नेपाल सुदूरपश्चिम रोयल्सको 'सहयोगी' प्रायोजक बनेको छ।
सुदूरपश्चिम रोयल्स र डाबर नेपालले बुधबार काठमाडौंमा एक सम्झौतामा हस्ताक्षर गरे। सम्झौतामा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र डाबर नेपाल मार्केटिङ प्रमुख अभया गोर्खालीले हस्ताक्षर गरे।
सम्झौतापछि बोल्दै सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले डाबर जस्तो प्रतिष्ठित कम्पनीसँगको साझेदारीले टोलीलाई थप प्रोत्साहन प्रदान गर्ने बताए।
डाबर जस्तो कम्पनी टोलीसँग जोडिएकोमा हामी खुसी छौं,’ खड्काले भने। ‘यो सम्झौताले टोलीमा थप ऊर्जा र उत्साह थपेको छ।’
यसैबीच, डाबर नेपालकी मार्केटिङ प्रमुख अभया गोर्खालीले यो साझेदारी खुसीको अवसर भएको बताइन्। उनले भने, ‘हामी डाबर रेड पेस्ट सुदूरपश्चिम रोयल्सको 'सहयोगी' साझेदार बन्न पाउँदा खुसी छौ...


