थलारा गाउँपालिकामा खोज तथा उद्धार सामग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम
बझाङ- बझाङको थलारा गाउँपालिकामा खोज तथा उद्वार सामाग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय स्तरमा तयारी सुदृढ गर्ने उद्देश्यले खोज तथा उद्धार सामग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।
थलारा गाउँपालिकाको आयोजना र प्रतिबद्ध परियोजनाको सहजीकरणमा मंगलबार भएको उक्त कार्यक्रममा खोज तथा पहिचान विधिको परिभाषा, भत्किएका संरचनामा उद्धार टोलीको संरचना र आवश्यक उपकरणहरूको प्रयोगबारे विस्तृत अभिमुखिकरण दिइएको थियोे ।
कार्यक्रमका बारेमा जानकारी दिँदै प्रतिबद्ध परियोजनाका कार्यक्रम अधिकृत तेज बोहराले गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण र द्रुत उद्धार क्षमताको अभिवृद्धि मुख्य उद्देश्य रहेको बताए। उनका अनुसार, सहभागीहरूलाई उद्धार सामग्रीको प्रयोग, द्रुत प्रतिक्रिया प्रक्रिया, तथा आपतकालीन अवस्थामा आवश्यक समन्वय प्रणालीबारे व्यावहारिक प्रशिक्षण समेत प्र...

