केदारस्यूँमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक अन्तरक्रिया, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन हुने
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक बैठक तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको हो ।
सिकाइ आपूर्ण तथा द्रुत सिकाइ योजना कार्यनयन, इमिस अध्यावधिक, अतिरिक्त कक्षा सञ्चालन सम्बन्धि कार्यक्रममा अन्तरक्रिया गरिएको थियोे ।
कमजोर सिकाइ भएका बालबालिका लागि थप सिकाइका कार्यक्रम सञ्चालन गर्न र विद्यालय नियमित सञ्चालन तथा पठनपाठन सुनिश्चितता गर्न कार्यक्रम आयोजना गरिएको शिक्षा शाखा प्रमुख हिक्मत बहादुर भण्डारीले जानकारी दिए ।
त्यस्तै पालिका शिक्षा युवा तथा खेलकुद शाखाले कमजोर विद्यार्थीहरूका लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने भएको छ । पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कक्षा ८ र १० मा अध्यनरत अंग्रेजी, गणीत ...



