Advertisement

Day: २०८२ कार्तिक १८, मंगलवार ०७:०३

सरकारद्वारा जेन-जी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय

सरकारद्वारा जेन-जी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय

Breaking News 1, ताजा अपडेट, समाचार
काठमाण्डौ-  सरकारले भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा ज्यान गुमाएकामध्ये ४५ जनालाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए। उनका  अनुसार गृह मन्त्रालयअन्तर्गत रहेको समिति, अन्य सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयबाट प्राप्त अध्ययनका आधारमा ती ४५ जनालाई शहीद घोषणा गरिएको हो। थप व्यक्तिहरूको सम्बन्धमा अध्ययन भइरहेको पनि उनलेे बताए । त्यसैगरी, बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधीवक्ता घनश्याम ओझालाई नियुक्त गर्ने निर्णय गरेको छ। बैठकले यस्तै “व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग सञ्चालन नियमावली, २०८२” स्वीकृत गरेको छ। साथै इलाम जिल्लाका विपद्‌ सङ्कटग्रस्त क्षेत्रहरूलाई सहयोग पुर्‍याउन पाँच करोड ३० लाख रुपै...
पश्चिमी वायुको प्रभावले आजदेखि मौसम पुनः बदली, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले आजदेखि मौसम पुनः बदली, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ- आजदेखि देशभर मौसम पुनः बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण देशका केही स्थानमा वर्षा र हिमपात हुन सक्ने महाशाखाले जानकारी दिएको हो। महाशाखाका अनुसार आज र भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार यसअघिको जस्तो ठूलो पानी पर्ने सम्भावना छैन। तर पनि मौसम परिवर्तनका कारण कृषि, पर्यटन, पर्वतारोहण र स्वास्थ्य क्षेत्रमा आंशिक असर पर्न सक्ने भएकाले सर्वसाधारणलाई नियमित मौसमी जानकारी लिन आग्रह गरिएको छ। पश्चिमी वायुको प्रभाव राजधानी काठमाण्डौ उपत्यकासहित ...
सुदूरपश्चिम प्रदेशको विकास खर्च तीन महिनामा १ प्रतिशत मात्र

सुदूरपश्चिम प्रदेशको विकास खर्च तीन महिनामा १ प्रतिशत मात्र

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पुँजीगत खर्च (विकास खर्च) एक प्रतिशत मात्र गर्न सकेको छ। जेनजी आन्दोलनलगायतका कारण मन्त्रालयहरूले आवश्यक कार्यविधि तयार गर्न नसक्दा असोज मसान्तसम्म विकास खर्च अत्यन्त न्यून रहेको मन्त्रालयका अधिकारीहरूले बताएका छन्। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार तीन महिनाको अवधिमा १९ करोड ८० लाख २९ हजार ८२५ रुपैयाँ मात्र पुँजीगत खर्च भएको छ। यो खर्च पनि गत आर्थिक वर्षमा भएका कामको बाँकी भुक्तानी रकम हो। यस अवधिमा चालुतर्फ एक अर्ब १८ करोड ७८ लाख २९ हजार ६७५ अर्थात् ९ प्रतिशत खर्च भएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा चालुतर्फ १३ अर्ब ५२ करोड ६१ लाख र पुँजीगततर्फ १९ अर्ब ८२ करोड ५२ लाख ६ हजार विनियोजन गरेको छ। एभरेस्ट एकेडेमी, अत्तरिया अस्पताल र नवजीवन अस्पताल सहितका कार्यक्रम समेटिएको प्रदेशको कुल बजेट ३३ अर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज