जिल्ला स्तरीय प्रथम पश्चिम सेती कप–२०८२ आज भव्य रूपमा उद्घाटन
बझाङ । बझाङको जयपृथ्वी नगरपालिका ९ मा रजनिस ट्रेडर्स एण्ड सप्लायर्सद्वारा आयोजित जिल्ला स्तरीय प्रथम पश्चिम सेती कप–२०८२ फुटबल प्रतियोगिता आज एक भव्य समारोहका साथ उद्घाटन गरिएको छ । कार्यक्रम सुरेश खड्का (मारा) को अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजाए रहनुभएको थियो । उहाँले उद्घाटन गर्दै खेलकुदले युवाहरूलाई अनुशासन, एकता र सकारात्मक सोचतर्फ डो¥याउने बताउनुभयो ।
कार्यक्रममा युवा व्यवसायी तथा समाजसेवी रियास खड्काले स्वागत मन्तव्य राख्दै बझाङको फुटबल जगतलाई यहाँसम्म ल्याउनमा जयपृथ्वी नगरपालिका–९ का युवाहरूको मुख्य भूमिका रहेको बताए । साथै, खेलकुद नै अहिलेको समयको युवाहरूको रोजाइ भएको भन्दै उनले युवाहरूप्रति धन्यवाद प्रकट गरे ।
उद्घाटन समारोह जयपृथ्वी नगरपालिका–९ स्थित जाल्पा माध्यमिक विद्यालय (जाल्पा मावी)को खेलमैदानमा सम्पन्...


