Advertisement

Day: २७ आश्विन २०८२ सोमबार १८:०६

जेन-जी क्रान्ति

जेन-जी क्रान्ति

ताजा अपडेट, मनोरञ्जन
माइतीघरमा उठछ आक्रोश । सडक धड्किन्छ सहर ।। काँप्छ हजारौं हात एकै साथ उठ्छन । अब मौनता छैन अब सहनशीलता छैन।। अब मात्र परिवर्तनको आवाज ।।। भ्रष्टाचार हटाउँ इमान जगाउँ । सुशासन ल्याएर नयाँ बिहानी बनाउँ ।। घूस होइन न्यायको गीत गाऊँ । कर्तव्य र सत्यको बाटो समाऊँ ।।। जेन्जीको सपना थियो उज्यालो नेपाल। जहाँ न होस् अन्याय न होस् बेहाल ।। तर आज तिनै नाममा खेलिन्छ राजनीति बन्छ व्यापार ।।। जेन्जीको आवाज थियो क्रान्तिको चिनारी ! तर अहिले त्यही नाममा हुन्छ सत्ता किनबेच बारी ।। उनको आत्मा रगतको रेखामा थियो । तर अहिले त्यो नाम भाषणको व्यापारमा ढल्कियो ।।। जनताको हातमा शक्ति बसोस । निष्पक्ष नियमले शासन चलोस ।। आजैबाट बदलौँ सोच ! भोलिको देश हाम्रो हातको रोज ।। युवाको आँखामा जल्छ सूर्य । साहसले खोज्छ नयाँ नेपाल ।।। आगो र धुवाँले घेरिएको सडकमा । पनि उनीहरूले देख्छन भविष्य । ...
टी–२० विश्वकप छनोट: नेपाल आज कतारसँग प्रतिस्पर्धा गर्दै

टी–२० विश्वकप छनोट: नेपाल आज कतारसँग प्रतिस्पर्धा गर्दै

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं-आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया–प्यासिफिक छनोटअन्तर्गत नेपालले आज कतारसँग खेल्दैछ। खेल ओमानको अल अमिरेत क्रिकेट रंगशालामा नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ। सुपर सिक्सको पहिलो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी युएईलाई १ रनले पराजित गरेको थियो। समूह ‘बी’को विजेता बनेको नेपालले समूह चरणमा कुवेतलाई ५८ रनले र जापानलाई पाँच विकेटले हराउँदै लगातार जित निकालेको हो। नेपाल आज चौथो जितको खोजीमा छ। कतार समूह ‘ए’बाट सुपर सिक्समा प्रवेश गरेको हो। उसले समूह चरणमा मलेसियालाई हराएको थियो भने युएईसँग पराजित भएको थियो। सुपर सिक्समा कतार ओमानसँग ३४ रनले हारेको छ। यी दुई टोलीबीच अहिलेसम्म तीन खेल हुँदा नेपालले दुई र कतारले एक खेल जितेका छन्। अपराजित नेपाल सुपर सिक्समा ४ अंकका साथ शीर्ष स्थानमा छ भने कतार अंकविहीन छ। नेपालले सुपर सिक्स चरणमा कतारपछि बुधबार ओमान र शु...
सडक पुगेपछि व्यापारिक केन्द्र बन्यो अपिहिमालको मकरीगाड

सडक पुगेपछि व्यापारिक केन्द्र बन्यो अपिहिमालको मकरीगाड

Breaking News 1, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला- सडक यातायातको सहज पहुँचसँगै अपिहिमाल गाउँपालिका–५, मकरीगाड अहिले दार्चुलाको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकसित भएको छ। करिब २० वर्षअघि सामान्य होटल–पसलसम्म सीमित मकरीगाड अहिले दर्जनौँ पसल, होटल र गोदामसहित आधुनिक बजार बनेको छ। विसं २०७६ मा मकरीगाड जलविद्युत् आयोजना सुरु भएपछि सडक विस्तारले स्थानीय अर्थतन्त्रमा नयाँ गति दिएको हो। व्यापारी धनसिंह लोथ्यालका अनुसार सडक पुगेपछि मकरीगाडमा बिहानदेखि साँझसम्म चहलपहल बढेको छ। “पहिले खाना–बासकै व्यापार थियो, अहिले सबै किसिमका सामान यहाँ पाउन सकिन्छ,” उनले भने। धनगढीबाट आउने रात्रिकालीन जिपहरू बिहानै मकरीगाड पुग्ने गरेका छन्। विटुले–पारिबगर–मकरीगाड सडकखण्डमा अहिले पारिबगरसम्म ग्राभेल र त्यसपछाडि कच्ची सडक सञ्चालनमा छ। नियमित रूपमा मालबाहक ट्रकहरू मकरीगाडसम्म पुग्ने गरेका छन्। स्थानीय व्यापारी विसनसिंह धामीका अनुसार विद्युत्...
बाजुराको रुगिनका बाढी–पहिरो पीडितको चाडपर्व त्रिपालमै

बाजुराको रुगिनका बाढी–पहिरो पीडितको चाडपर्व त्रिपालमै

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बाजुराको हिमाली गाउँपालिका–१ बिच्छ्या रुगिनका बाढी–पहिरोपीडितले यस वर्षको दसैं–तिहार खुलेआकाशमुनि त्रिपालमै मनाउँदैछन्। गत साउन २८ गते बिच्छ्याखोलामा आएको बाढीले झन्डै ४१ घरपरिवार विस्थापित भएका थिए। गत वर्ष घरमै खुसीपूर्वक चाडपर्व मनाएका उनीहरूले यसपालि भने घर पहिरोले बगाएपछि अस्थायी टहरोमा बस्न बाध्य भएका हुन्। बिच्छ्याका सब्बले थापाले भने, “यो बर्खामा त जस्तै–तस्तै बित्यो, तर हिउँदमा चिसो बढेपछि त्रिपालमा रात काट्न गाह्रो पर्छ भन्ने चिन्ता छ।” स्थानीय सरकारले खाद्यान्न, लुगाफाटा लगायतका राहत सामग्री वितरण गरेको छ। त्यस्तै, प्रदेश र संघीय सरकारसँग पनि घरबासको व्यवस्थाका लागि सहयोगको अपेक्षा गरिएको छ। बाढी–पहिरोले हिमाली गाउँपालिका–१ बिच्छ्यामा आठ घर बगाएको र नौ घर जोखिममा पारेको छ। वडा नं. ५ कबाडीमा १६ घर बगाएको र ३२ घरमा पूर्ण क्षति पुगेको गाउँपालिकाले जनाएको छ। गाउँपालिक...
बैतडीमा किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

बैतडीमा किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पाटन नगरपालिका–६ भडालीका १९ वर्षीय रोहित लुहार रहेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेका अनुसार आइतबार बिहान इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको टोलीले लुहारलाई पक्राउ गरेको हो। उनका अनुसार पीडित किशोरीले जबरजस्ती करणी भएको भन्दै प्रहरीमा दिएको उजुरीको आधारमा लुहारलाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज