Advertisement

केदारस्यूँको रायल स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्दो, टाइफसका केस सर्वाधिक

Advertisement

बझाङ- केदारस्यूँ गाउँपालिका–१ देउरामा रहेको रायल प्राथमिक स्वास्थ्य केन्द्रमा पछिल्लो समय बिरामीको संख्या तीव्र रूपमा बढ्दै गएको छ। असोज महिनामात्र दुई सयभन्दा बढी बिरामीले उपचार सेवा लिएको स्वास्थ्य केन्द्रले जनाएको छ।
केन्द्रको तथ्यांकअनुसार असोज महिनामा ओपीटीतर्फ १९३ जना र इमर्जेन्सी सेवामा १०४ जनाले उपचार सेवा लिएका छन्। स्वास्थ्य केन्द्र प्रमुख डा. हरिश बहादुर मल्लका अनुसार हाल सबैभन्दा बढी टाइफसका बिरामी आउने गरेका छन्। त्यसपछि स्क्रब टाइफस र भाइरल ज्वरोका केसहरू बढी देखिएका छन्।
डा. मल्लका अनुसार टाइफस दूषित खाना तथा पानीका कारण हुने रोग हो भने स्क्रब टाइफस जंगलमा बस्ने क्रिनाको टोकाइबाट सर्ने रोग हो, त्यस्तै भाइरल ज्वरो मौसम परिवर्तन र दुषित बाताबरणका कारणले बढ्ने गर्दछ । यससँगै चोटपटकका बिरामीको संख्या समेत पहिलेको तुलनामा बढेको स्वास्थ केन्द्रको तथ्यांकले देखाएको छ।
दशैं पर्व नजिकिँदै गर्दा केही स्वास्थ्यकर्मी विदामा रहेकाले सेवाप्रवाहमा कठिनाइ आएको डा. मल्लको भनाइ छ। बिरामीको भीड बढेसँगै न्यून जनशक्ति र भौतिक संरचनाको अभावले स्वास्थ्य केन्द्रमा सेवा दिन हम्मेहम्मे परेको छ।
हाल रायल स्वास्थ्य केन्द्रबाट आधारभूत सम्पूर्ण स्वास्थ्य सेवा, खोप, सुरक्षित मातृत्व तथा नवजात शिशु सेवा, बालबालिका सम्बन्धी एकीकृत स्वास्थ्य सेवा, परिवार नियोजन, सर्ने–नसर्ने रोग उपचार, मानसिक स्वास्थ्य, सुरक्षित गर्भपतन, भिडियो एक्स–रे, इसिजी लगायतका सेवा उपलब्ध छन्।
यससँगै करिब एक महिना अघिदेखि स्वास्थ्य केन्द्रमा हाडजोर्नी सेवा पनि सुरु गरिएको छ। स्वास्थ्यकर्मीको कमी, संरचनागत समस्या र लगातार बढ्दो बिरामी चापका कारण सेवामा सहजता दिन चुनौतीपूर्ण बनेको स्वास्थ्य केन्द्रले जनाएको छ। यस स्वास्थ्य केन्द्र मार्फत  केदारस्यूँ गाउँपालिकाका नागरिक मात्र नभइ थलारा गाउँपालिका, बित्थडचिर गाउँपालिका, बुङ्गल नगरपालिकाका नागरिकले समेत सेवा लिँदै आएको छन् । त्यस्तै छिमेकी जिल्ला बैतडी र डोटीका नागरिकले पनि यहाँबाट सेवा लिँदै आएका छन् ।

डा. मल्लले बिरामी बढ्दै गएकाले हरेकले व्यक्तिगत सरसफाइमा ध्यान दिन, उमालेको वा फिल्टर गरिएको पानी मात्र सेवन गर्न र अस्वच्छ खानपानबाट टाढा रहन सुझाव दिएका छन्। स्क्रब टाइफसको जोखिम भएकाले जंगल–झाडीमा जाँदा पूरा शरीर ढाक्ने कपडा लगाउन, सामान्य ज्वरो वा अस्वस्थता अनुभव भए पनि समयमै स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न उनले आग्रह गरेका छन्।

शिवजी मण्डेल

शिवजी मण्डेल कामनाटुडे तथा कामना टेलिभिजनका सह-सम्पादक  हुन। उहाँ संग केदार एफ एम, रेडियो थलारा लगायतका रेडियोमा काम गरेको ६ वर्ष बढी अनुभव छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

टी–२० विश्वकप छनोट: नेपाल आज कतारसँग प्रतिस्पर्धा गर्दै

टी–२० विश्वकप छनोट: नेपाल आज कतारसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं-आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया–प्यासिफिक छनोटअन्तर्गत नेपालले आज कतारसँग खेल्दैछ। खेल ओमानको अल अमिरेत क्रिकेट...
सडक पुगेपछि व्यापारिक केन्द्र बन्यो अपिहिमालको मकरीगाड

सडक पुगेपछि व्यापारिक केन्द्र बन्यो अपिहिमालको मकरीगाड

दार्चुला- सडक यातायातको सहज पहुँचसँगै अपिहिमाल गाउँपालिका–५, मकरीगाड अहिले दार्चुलाको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकसित भएको...
बाजुराको रुगिनका बाढी–पहिरो पीडितको चाडपर्व त्रिपालमै

बाजुराको रुगिनका बाढी–पहिरो पीडितको चाडपर्व त्रिपालमै

बाजुराको हिमाली गाउँपालिका–१ बिच्छ्या रुगिनका बाढी–पहिरोपीडितले यस वर्षको दसैं–तिहार खुलेआकाशमुनि त्रिपालमै मनाउँदैछन्। गत साउन...
बैतडीमा किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

बैतडीमा किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

बैतडी- बैतडीमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पाटन न...
नेपालको रोमाञ्चक जित, सुपर- ६ मा यूएईलाई १ रनले हरायो

नेपालको रोमाञ्चक जित, सुपर- ६ मा यूएईलाई १ रनले हरायो

धनगढी- आइसिसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ चरणमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) माथि १ रनको रोम...
बझाङको जयपृथ्वी नगरपालिका-११ भोपुरमा फुटबल प्रतियोगिता सुरु, प्रथम पुरस्कार  ७१ हजार

बझाङको जयपृथ्वी नगरपालिका-११ भोपुरमा फुटबल प्रतियोगिता सुरु, प्रथम पुरस्कार ७१ हजार

बझाङ- जिल्लाको जयपृथ्वी नगरपालिका ११ भोपुरमा जिल्ला स्तरीय तेस्रो महिला पुरुष भोपुर कप फुटबल प्रतियोगिता सुरु भएको छ । शुभ दिपावल...
कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा विजयी

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा विजयी

धनगढी- कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पुष्करराज ओझा अध्यक्षमा निर्वाचित भएका छन्। उनले प्रतिद्वन्...
जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिन जोशीको नाम समावेश

जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिन जोशीको नाम समावेश

गाजा क्षेत्रमा हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ। यसअघि उनको अवस्थाबारे कुन...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज