Advertisement

Day: २०८२ आश्विन १३, सोमबार १६:५२

केदारस्यूँको रायल स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्दो, टाइफसका केस सर्वाधिक

केदारस्यूँको रायल स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्दो, टाइफसका केस सर्वाधिक

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ- केदारस्यूँ गाउँपालिका–१ देउरामा रहेको रायल प्राथमिक स्वास्थ्य केन्द्रमा पछिल्लो समय बिरामीको संख्या तीव्र रूपमा बढ्दै गएको छ। असोज महिनामात्र दुई सयभन्दा बढी बिरामीले उपचार सेवा लिएको स्वास्थ्य केन्द्रले जनाएको छ। केन्द्रको तथ्यांकअनुसार असोज महिनामा ओपीटीतर्फ १९३ जना र इमर्जेन्सी सेवामा १०४ जनाले उपचार सेवा लिएका छन्। स्वास्थ्य केन्द्र प्रमुख डा. हरिश बहादुर मल्लका अनुसार हाल सबैभन्दा बढी टाइफसका बिरामी आउने गरेका छन्। त्यसपछि स्क्रब टाइफस र भाइरल ज्वरोका केसहरू बढी देखिएका छन्। डा. मल्लका अनुसार टाइफस दूषित खाना तथा पानीका कारण हुने रोग हो भने स्क्रब टाइफस जंगलमा बस्ने क्रिनाको टोकाइबाट सर्ने रोग हो, त्यस्तै भाइरल ज्वरो मौसम परिवर्तन र दुषित बाताबरणका कारणले बढ्ने गर्दछ । यससँगै चोटपटकका बिरामीको संख्या समेत पहिलेको तुलनामा बढेको स्वास्थ केन्द्रको तथ्यांकले देखाएको छ। दशैं पर्व ...
एसिया कपको उपाधि भारतलाई

एसिया कपको उपाधि भारतलाई

Breaking News 3, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
एसिया कप क्रिकेट २०२५ को उपाधि भारतले जितेको छ । गएराति दुबईमा भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले नवौंपटक उपाधि जितेको हो । यस्तै भारतले लगातार दोस्रोपटक उपाधि जितेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको एक सय ४७ रनको लक्ष्य भारतले २ बल बाँकी छँदा ५ विकेट गुमाएर पुरा गर्यो । अन्तिम ओभरमा १० रन आवश्यक रहँदा तिलकले एक चौका र ३ रन तथा रिंकु सिंहले एक चौका प्रहार गरे । भारतका लागि तिलक बर्माले ६९ रन बनाए । पाकिस्तानका लागि फाइम अस्रफले तीन विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै एक सय ४६ रन बनाएको थियो । पाकिस्तानका सहिबजादा फरहानले ५७ रन बनाए । बलिङतर्फ भारतका लागि कुलदीप यादवले सर्वाधिक चार विकेट लिए ।...
धनगढीमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालन

धनगढीमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालन

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–२ भन्सार रोडमा ६० लाख रुपैयाँ लागतमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । यो केन्द्र धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हो । केन्द्र निर्माणमा यूएनडिपी विश्व वातावरण कोषको साना अनुदान कार्यक्रमको आर्थिक सहयोग र हेकाफ ३६० को प्राविधिक सहयोग रहेको छ । स्वास्थ्य संस्थाबाट निस्कने जोखिमयुक्त फोहोर यहाँ ल्याएर ‘अटो–क्लेभ मेसिन’मार्फत उच्च तापक्रम र प्रेसरमा राखी जीवाणु नष्ट गरी मात्र व्यवस्थापन गरिनेछ । धनगढी उपमहानगरपालिकामा हाल १७१ वटा स्वास्थ्य संस्था रहेका छन्, जसमा २१ वटा नगरकै मातहतमा छन् । यी संस्थाबाट दैनिक ठूलो मात्रामा फोहोर निस्कने भएकाले अब स्रोतमै पृथकीकरण गर्ने तयारी गरिएको छ । घरदैलो खोप कार्यक्रममा प्रयोग हुने खोप झोला र सुई काट्ने सुविधा पनि व्यवस्था गरिएको जनाइएको छ ।...
आज बडा दशैंको सातौं दिन, फूलपाती भित्राइँदै

आज बडा दशैंको सातौं दिन, फूलपाती भित्राइँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
आज बडा दशैंको सातौं दिन घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्राई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ नौ वटै देवीको विधिपूर्वक पूजा गर्ने वैदिक विधि छ । ‘केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् । फूलपाती भित्राउ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज