Advertisement

Day: ३१ भाद्र २०८२ मंगलवार १०:५३

भारतमा गाडी दुर्घटना, चार नेपालीको मृत्यु

भारतमा गाडी दुर्घटना, चार नेपालीको मृत्यु

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक पिकअप जिप दुर्घटना हुँदा चार नेपालीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन्। तीमध्ये तीन जना एकै परिवारका हुन्। घाइते हुनेमा नवराज शाही र हिमबहादुर शाही रहेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार चालकले नियन्त्रण गुमाउँदा जिप भीरमा खसेको हो। लक्ष्मी शाही र डिल्लीबहादुर शाही अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाँकी दुई घाइतेलाई उपचारपछि डिस्चार्ज गरिएको छ। भारतीय मिडिया अनुसार दुर्घटनापछि भारतीय दण्ड संहिता अन्तर्गत मुद्दा दर्ता गरिएको छ। शवलाई पोस्टमार्टमका लागि पठाइएको र मृतकका परिवारलाई खबर गरिएको छ। यसबीच, हिमाञ्जल प्...
आज देशभर बदली, विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

आज देशभर बदली, विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहनुका साथै अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा र कोशी तथा सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।...
जेन-जी आन्दोलन जनताको आँसु, भविष्यको आशा- अध्यक्ष बोहरा

जेन-जी आन्दोलन जनताको आँसु, भविष्यको आशा- अध्यक्ष बोहरा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ- केदारस्यूँ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले जेन-जी आन्दोलनलाई जनताको प्रतिनिधित्व गर्ने सभ्य र लोकतान्त्रिक आन्दोलनका रूपमा व्याख्या गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत “जेन-जीको छोटो समीक्षा” शीर्षकमा लेख सार्वजनिक गर्दै आन्दोलन बाह्य हस्तक्षेपका कारण हिंसात्मक बनेको र त्यसबाट राष्ट्रले ठूलो क्षति बेहोर्नु परेको उल्लेख गरेका छन्। उनले , आन्दोलनमा ७२ जनाले ज्यान गुमाए भने हजारौं घाइते भए लेखेका छन् । साथै सिंहदरबार, सर्वोच्च अदालत, संसद भवनलगायतका ऐतिहासिक संरचना तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको र नेताहरू र व्यापारीहरूको व्यक्तिगत सम्पत्तिमा समेत असर परेको उनले स्मरण गराए। अध्यक्ष बोहराले भने, “कुनै पनि सभ्य आन्दोलनलाई हिंसात्मक माध्यमबाट बिगार्ने प्रयास हाम्रो समाज र राष्ट्रका लागि गम्भीर षड्यन्त्र हो। त्यसकारण यस्ता कार्यमा संलग्न जो कोहीलाई पनि कारबाह...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज