बझाङमा कारागारबाट फरार कैदीलाई नियन्त्रणमा लिन खोज्दा भीरबाट हामफाले, एक गम्भीर घाइते, अर्का पक्राउ
बझाङ- बझाङमा कारागारबाट फरार भएका कैदीलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा भीरबाट हाम फालेको पाइएको छ ।
भदौ २३ र २४ गते देशव्यापी रुपमा जेन-जी समुहले गरेको आन्दोलनका क्रममा कारागारबाट भागेका २ जना कैदीलाई बित्थडचिर गाउँपालिकाको स्याँडीबाट प्रहरीले नियन्त्रणमा लिन खोज्दा भीरबाट हाम फालेका हुन् ।
कर्तव्य ज्यान सम्बन्धि मुद्दामा सजाय भोगिरहेका जाजरकोट, भेरी नगरपालिका-४ का उदिप भनिने रोहन सुनार र चन्द्रबहादुर पुनलाई प्रहरीले नियन्त्रणमा लिनखोज्दा २५ गते राति ११ बजेको समयमा हाम फालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाले जानकारी दिए ।
उनका अनुसार हामफालेका सुनार भीरबाट करिब तीन सय मिटर तल खसेका थिए। सुनारको ढाड र घाँटीमा गम्भीर चोट लागेको छ। उनी अहिले सेती प्रादेशिक अस्पतालमा उपचाररत छन । उनको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको र स्वास्थ्य अवस्था ग...




