बझाङ । दुर्गाथली गाउँपालिकाको रहेको चौधारी माध्यमिक विद्यालयमा ६१ औं बालदिवस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम निड्स नेपाल र सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा, युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघको सहयोगमा, र दुर्गाथली गाउँपालिकामा अवस्थित चौधारी माध्यमिक विद्यालयको समन्वयमा सम्पन्न भएको हो ।
कार्यक्रमको सभाध्यक्ष विधालयका प्रधानध्यापक धुर्वराज थापा रहनुभएको थियो । उहाँले बालदिवस कार्यक्रममा सहभागीहरूलाई बालबालिका भनेका भविश्का कर्णधार हुन् त्यसैले बालबालिकामा लगानी लगाउनुपर्ने कुरामा जोड दिनु पर्ने बताउनु भयो । यो कार्यक्रमले बालबालिकाहरुको क्षमता विकास , बालबालिकाका हक अधिकारहरुको बारेमा थप जानकार भएको बताएका छन् ।
कार्यक्रममा बिधालयका सम्पुर्ण कर्मचारी, विधार्थी, समुदायका अभिभावक, जनप्रतिनिधिहरु र अन्य राजनीतिक दलका नेताहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा मन्तव्य राख्दै निड्स नेपाल बाट लक्ष्मण चलाउनेले बालबालिका भनेका कलिला मुना हुन यिनिहरुलाई जोगाउनु पर्छ र भोलीका दिनहरुमा यिनिहरुले अवसर पायो भने देश हाक्न सक्ने बताए ।
आज ६१ औं बालदिवसको अवसरमा निड्स नेपालले यस विधालयमा अन्तर सधनात्मक हिसाब दौड प्रतियोगिता छात्रछात्रा , गजल प्रतियोगीता, नृत्य विविध कार्यक्रम गरि बालदिवस कार्यक्रम मनाएको थियो । यहाँ भन्दा अगाडि पनि निड्स नेपालले बझाङका ३ वटा पालिकामा बालबालिका र महिलाको क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको छ ।