Advertisement

Day: २०८२ भाद्र १५, आईतवार १३:२५

गौरा पर्वको अवसरमा न्यू रोहित फर्निचर सप्लायर्सको भव्य उद्घाटन

गौरा पर्वको अवसरमा न्यू रोहित फर्निचर सप्लायर्सको भव्य उद्घाटन

Breaking News 1, कैलाली, ताजा अपडेट, दैनिक, सुदूरपश्चिम
धनगढी, कैलाली । कैलालीको फूलबारी–१४, डिपोबजारमा आज (भदौ १५ गते) न्यू रोहित फर्निचर सप्लायर्सको भव्य उद्घाटन भएको छ। आलोक मल्टी कन्सर्न प्रा. लि., चटकपुरको शाखाका रूपमा सञ्चालनमा आएको यो नयाँ फर्निचर पसलले यस क्षेत्रका ग्राहकलाई उच्च गुणस्तरका आधुनिक र परम्परागत शैलीका फर्निचर उपलब्ध गराउने लक्ष्य राखेको छ।   उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, व्यवसायी, उद्यमी, समाजका अगुवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। पसलका सञ्चालक दुर्गा प्रसाद जोशीका अनुसार, न्यू रोहित फर्निचर सप्लायर्सले धनगढी तथा आसपासका क्षेत्रमा सोफा, बेड, मोडुलर किचन, दराज, टेबुल, डाइनिङ टेबल, घुम्ने कुर्सी, कार्पेट, पर्दा, गलैचा, इलेक्ट्रिकल आइटम तथा अफिस फर्निचरलगायतका घर र कार्यालयका सम्पूर्ण सामग्री एकै ठाउँमा उपलब्ध गराउनेछ।   गुणस्तर र ग्राहक सेवामा विशेष ध्यान दिने लक्ष्य राखिएको यस फर्निचर...
लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको आज निधन भएको छ। काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जअन्तर्गत मनमोहन सेन्टरमा उपचारका क्रममा उनको निधन भएको हो। नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काका अनुसार रुकुम पूर्व, तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौँ लगिएको थियो। उनीमाथि एकैपटक दुईवटा जटिल शल्यक्रिया गरिएको थियो। पहिलो शल्यक्रियामार्फत छोरीलाई जन्म दिइएको र दोस्रो शल्यक्रियामार्फत मुटुमा कृत्रिम ‘भल्भ’ प्रत्यारोपण गरिएको भए पनि उपचारकै क्रममा उनको निधन भएको खड्काले जानकारी दिए। पुन एमालेबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन्।...
आज गौरापर्वको मुख्य दिन ‘दुर्वाष्टमी’ धुमधामका साथ मनाइँदै

आज गौरापर्वको मुख्य दिन ‘दुर्वाष्टमी’ धुमधामका साथ मनाइँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशमा मनाइने मौलिक गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली धुमधामका साथ मनाइँदैछ। हिजो साँझ गौराघरमा भित्र्याइएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन) मा लगेर पूजा गर्ने परम्परा रहिआएको पण्डित जयानन्द भट्टले बताए। बर्तालु महिलाले दिनभरि बिरुडा (पाँच थरिका अन्न) सहित फाग गाएर गौरादेवीको पूजा गर्ने गर्छन्। हिजो चढाइएको दुबधागो (मन्त्रिएको धागो) आज महिलाले धारण गर्छन्। तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै यहाँ महिलाले अभिमन्त्रित दुबधागो धारण गर्ने परम्परा रहेको छ। गौराघरबाट गौरालाई सिङ्गारेर गौराखलामा लगिन्छ, जहाँ महिलाले सामूहिक रूपमा अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ। गौराको उत्पत्ति, महेश्वरसँगको विवाहलगायत प्रसङ्ग पनि महिलाले फागमार्फत नै प्रस्तुत गर्छन्। पूजा सम्पन्न भएपछि मुख्य प्रसादका रूपमा रहेको बिरुडाले महिलाले श्रीमान्, छोराछो...
आज देशभर साधारण बदली, सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

आज देशभर साधारण बदली, सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

Breaking News 1, कर्णाली प्रदेश, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। यसको प्रभावले देशभर साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। आज राति पनि देशभर साधारण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा र अन्य पहाडी तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने देखिएको छ। साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज