Advertisement

दार्चुलामा गोकुलेश्वर विमानस्थल पुनर्निर्माण अलपत्र, तत्कालै सञ्चालनमा ल्याउन स्थानीयको माग

Advertisement

दार्चुला- करिब तीन दशकदेखि बन्द रहेको गोकुलेश्वर विमानस्थल पुनर्निर्माणको काम बजेट अभावका कारण अलपत्र परेको छ।

शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरमा रहेको विमानस्थलमा चार वर्षअघि केएस कन्स्ट्रक्सन प्रालि धनगढीले फिलिङ र ग्याबिनको काम सुरु गरे पनि त्यसपछि बजेट नआएपछि निर्माण कार्य अलपत्र परेको हो।

२०४६ सालमा सञ्चालनमा आएको विमानस्थल २०५० सालदेखि बन्द छ। २०६० सालदेखि कार्यालय सहयोगीका भरमा छाडिएको विमानस्थल अहिले जीर्ण भइसकेको छ। भवन भग्नावशेषमा परिणत भएको छ भने धावनमार्ग (रनवे) खेलमैदान र गौचरनमा रूपान्तरण भएको छ।

आर्थिक वर्ष २०७७/७८ मा अर्थ मन्त्रालयले पुनर्निर्माणका लागि ५० करोड ४९ लाख ४९ हजार बजेट सुनिश्चित गरे पनि पछिल्ला वर्षमा निकासा नहुँदा कार्य प्रगति न्यून भएको शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीले बताए।

हवाई सेवा सञ्चालन भए दार्चुलासहित बैतडी र बझाङका नागरिकले सुविधा पाउने भए पनि बजेट नआउँदा निर्माण अधुरै रहेको स्थानीयको गुनासो छ। हवाई सुविधा नहुँदा झन्डै साढे तीन सय किलोमिटर सडकमार्ग हुँदै मात्र सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको उनीहरूले बताएका छन्।

दार्चुलाको विकासका लागि महत्वपूर्ण मानिएको गोकुलेश्वर विमानस्थल छिटो पुनर्निर्माण गरी सञ्चालनमा ल्याउनुपर्ने स्थानीयवासीको जोडदार माग रहेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान नेपाल कोरियामैत्...
समानुपातिकतर्फको सिट बाँडफाँट, कुन दललाई कति ?

समानुपातिकतर्फको सिट बाँडफाँट, कुन दललाई कति ?

काठमाण्डौ- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फको सिट बाँडफाँट गरेको छ । यसअनुसार राष्ट्रिय ...
अछाम अस्पतालमा घोटाला : बिरामीलाई सिटामोल छैन, स्टोरबाट ५० लाखका औषधि गायब

अछाम अस्पतालमा घोटाला : बिरामीलाई सिटामोल छैन, स्टोरबाट ५० लाखका औषधि गायब

अछाम- अछाम जिल्ला अस्पतालमा लामो समयदेखि चरम बेथिति चलिरहेको खुलासा भएको छ । बेथितिको सीमा यतिसम्म छ कि १८ लाख नगद हिनामिना मात्र ...
युद्ध अन्त्यका लागि इरानको यस्तो सर्त

युद्ध अन्त्यका लागि इरानको यस्तो सर्त

अमेरिका-इजरायलसँगको युद्ध अन्त्यका लागि इरानका राष्ट्रपति मसुद पेजेस्कियानले सर्त राखेका छन्। रुस र पाकिस्तानका नेताहरूसँगको कु...
प्रतिनिधिसभामा सीमान्तकृत समुदायको प्रतिनिधित्व कमजोर

प्रतिनिधिसभामा सीमान्तकृत समुदायको प्रतिनिधित्व कमजोर

काठमाण्डाै– प्रतिनिधिसभामा सीमान्तकृत समुदायको उपस्थिति अपेक्षाकृत रूपमा कमजोर देखिएको छ । प्रतिनिधिसभा सदस्य चुनावकाे प्रत्यक्...
आज विश्व मिर्गाैला दिवस

आज विश्व मिर्गाैला दिवस

काठमाण्डाै- आज विश्व मिर्गाैला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीवार यो दिवस मन...
अछाममा नाबालिकामाथि नग्न भिडियो बनाएर ४ वर्षसम्म ब्ल्याकमेल र बलात्कार, आरोपी शाहीविरुद्ध १० वर्ष कैद माग

अछाममा नाबालिकामाथि नग्न भिडियो बनाएर ४ वर्षसम्म ब्ल्याकमेल र बलात्कार, आरोपी शाहीविरुद्ध १० वर्ष कैद माग

सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान गरी एक किशोरीलाई नग्न भिडियोको डर देखाएर विगत ४ वर्षदेखि निरन्तर बलात्कार र ब्ल्याकमेल गर्दै आए...
अछाममा एमालेतर्फ आकर्षण : चौरपाटीमा रामबहादुर साउँदसहित डुङ्ग्री टोलनै एमालेमा प्रवेश

अछाममा एमालेतर्फ आकर्षण : चौरपाटीमा रामबहादुर साउँदसहित डुङ्ग्री टोलनै एमालेमा प्रवेश

अछाम- अछामको चौरपाटी गाउँपालिका-३ को एक गाउँ नै नेकपा एमालेमा प्रवेश गरेको छ। पूर्व समाजवादी गाउँ कमिटी अध्यक्ष तथा निर्वाचित वडाध...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज