कैलारी गाउँपालिकामा परियोजनाको अनुगमन
बढैपुर- कैलारी गाउँपालिकामा वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा बाल कल्याण संघ र दिगो विकास समाजले सञ्चालन गरिरहेको पिसीइएसपी र एनआरएल परियोजनाको पालिका स्तरीय अनुगमन तथा मूल्यांकन (एल,डिपीएसी) कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवती कुमारी चौधरी, वडा नं.–८ का अध्यक्ष तारामल कठरिया, बाल संरक्षण अधिकारी, योजना शाखा प्रमुख, वडा स्तरिय कृषि शाखा प्रमुख, बाल कल्याण संघकी कार्यक्रम संयोजक राधिका गिरी, फिल्ड अधिकृत पर्शुराम चौधरी, दिगो विकास समाजका कार्यक्रम अधिकृत जगत भाट, बजार सहजकर्ता रञ्जित चौधरी लगायतको उपस्थिति रहेको थियो।
अनुगमनका क्रममा वडा नं.–८ मा सञ्चालन भइरहेका रूपान्तर कक्षा, सकारात्मक अभिभावकत्व कार्यक्रम, विद्यालय छोडेका बालबालिकाको विद्यालय पुनरागमन पहल, च्याउ उत्पादन समूहलगायतका गतिविधि अवलोकन गरिनुका साथै सहभागीहरूसँग अन्तरक्रिया गर...






