Advertisement

Day: २०८२ श्रावण २९, बिहीबार २०:५०

बझाङमा मृतकको शव प्रहरीद्वारा ६ दिनपछि उद्धार

बझाङमा मृतकको शव प्रहरीद्वारा ६ दिनपछि उद्धार

Breaking News 1, जाजरकोट, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको दुर्गम साईपाल गाउँपालिका–२ राईढुङ्गीमा गत साउन २३ गते भएको झडपमा एक जनाको ज्यान गयो । जडीबुटी संकलनका लागि राईढुङ्गी पुगेका जाजरकोट भेरी नगरपालिका–६ का २२ वर्षीय महेन्द्रराज भण्डारीको ढुङ्गा प्रहारबाट ज्यान गएको हो। घटना अत्यन्त दुर्गम तथा नेटवर्क नलाग्ने क्षेत्रमा भएकाले प्रहरीलाई साउन २४ गते मात्र जानकारी प्राप्त भएको थियो। सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले सदरमुकामबाट घटना स्थल पुग्न तीन दिनको कठिन यात्रा गरेको थियो। शव उद्धार गरी सदरमुकाम ल्याउन कुल ६ दिन लागेको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी खगेन्द्र धमलाले जानकारी दिए। उद्धार गरिएको शव मृतकका आफन्तलाई बुझाइएको छ। कठिन परिस्थितिमा उद्धार कार्य सम्पन्न गर्ने प्रहरीलाई जिल्ला प्रहरी कार्यालयले पुरस्कारसहित सम्मान गरेको छ। ढुङ्गा प्रहार गर्ने जाजरकोटका २३ वर्षीय चन्द्रबहादुर पुन प्रहरी निय...
कैलालीमा करणी गरेको आरोपमा एक जना पक्राउ

कैलालीमा करणी गरेको आरोपमा एक जना पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा १८ वर्षीया युवतीमाथि जबरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–३ का ४६ वर्षीय लोकेश सुर्जा मगर रहेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार, पीडित युवतीले दिएको उजुरीका आधारमा बुधबार साँझ लोकेशलाई पक्राउ गरिएको हो। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
पश्चिम नेपालतर्फ मनसुन सक्रिय, भारी वर्षासँगै बाढी–पहिरोको जोखिम

पश्चिम नेपालतर्फ मनसुन सक्रिय, भारी वर्षासँगै बाढी–पहिरोको जोखिम

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ– मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकाले आगामी २४ घण्टामा मनसुन पूर्वी भूभागको तुलनामा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले हाल देशभर पूर्णतया बदली छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी क्षेत्रमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। यी प्रदेशका पहाडी र तराई क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना छ भने गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। आज राति पनि पहाडी भूभागमा सामान्य बदली रहनेछ। गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र मधेस प्रदेशका केही स्थानमा मध्यम...
सुदूरपश्चिमका पहाडी गाउँ रित्तिँदै, तराईमा जनसङ्ख्या चाप बढ्दै

सुदूरपश्चिमका पहाडी गाउँ रित्तिँदै, तराईमा जनसङ्ख्या चाप बढ्दै

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू क्रमशः रित्तिँदै छन् भने तराईमा जनसङ्ख्या तीव्र गतिमा बढिरहेको छ। नौ जिल्लामध्ये कुल जनसङ्ख्याको २० प्रतिशत कञ्चनपुरमा मात्र रहेको छ। नेपालको २०७८ सालको जनगणनाअनुसार सुदूरपश्चिममा २६ लाख ९४ हजार ७८३ जनसङ्ख्या छ। यसमध्ये महिलाको संख्या १४ लाख २१ हजार ९९७ र पुरुषको संख्या १२ लाख ७२ हजार ७८६ छ। पुरुष रोजगारीका लागि भारत तथा तेस्रो देश जाने प्रवृत्ति बढी भएकाले यहाँ महिलाको जनसङ्ख्या (५२.७७ प्रतिशत) पुरुषको तुलनामा बढी देखिएको हो। प्रदेशका नौ जिल्लामध्ये अछाम, बैतडी, डोटी, बझाङ र डडेल्धुरामा जनसङ्ख्या घट्दो छ। हिमाली जिल्ला दार्चुलाको वृद्धिदर स्थिर छ। तथ्याङ्क समन्वय कार्यालय धनगढीका प्रमुख गोविन्द न्यौपानेका अनुसार पहाडी र हिमाली भेगबाट तराई–मधेशतर्फ बसाइँसराइ बढेकाले जनसङ्ख्या वितरणमा असन्तुलन देखिएको हो। अन्नको भण्डार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज