उच्च रक्तचाप भएकी बालिकाको ज्यान प्रहरी खत्रीको रक्तदानले बचायो
बझाङ– उच्च रक्तचापका कारण ज्यान जोखिममा परेकी १३ वर्षीया बालिकालाई जिल्ला प्रहरी कार्यालय बझाङकी प्रहरी कपुर खत्रीले रक्तदान गरेर बचाएकी छन्।
जिल्लाको दुर्गाथली गाउँपालिका–३ की समीक्षा पार्की उच्च रक्तचापका कारण जिल्ला अस्पताल बझाङमा उपचाररत थिइन्। रगतको आवश्यकता भएपछि समाजसेवी सविता खड्काको पहलमा महिला बालबालिका शाखामा लामो समयदेखि सेवा गर्दै आएकी खत्रीले बी-पोजिटिभ रक्तदान गरिन्।
स्थानीय स्रोतका अनुसार खत्रीको समयमै गरिएको रक्तदानका कारण पार्कीको ज्यान बचाउन सफल भएको हो। महिला र बालबालिकाको स्वास्थ्य तथा सुरक्षामा सक्रिय खत्री विगतदेखि नै जिल्लामा ‘मलमपट्टी’ जस्तै सहयोग पुर्याउँदै आएकी छन्।...






