सुर्योदय मावि चुवाबनमा आर्थिक अनियमितता, विद्यालय व्यवस्थापन समिति अध्यक्ष जाग्रीमाथि आरोप
बझाङ- बझाङको दुर्गाथली गाउँपालिका–६ चुवाबनमा रहेको सुर्योदय माध्यमिक विद्यालयको फिल्ड निर्माणका क्रममा आर्थिक अनियमितता भएको खुलेको छ।
२०८० चैत ८ गते विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयको आन्तरिक कोषबाट फिल्ड निर्माण गर्ने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार निर्माण कार्य सम्पन्न गरिए पनि खरिद गरिएका सामाग्रीको भुक्तानी अहिलेसम्म गरिएको छैन।
सामाग्री खरिदका क्रममा एउटै मितिको दुई फरक बिल प्रस्तुत गरिएको भेटिएको छ। पूर्व वडाध्यक्ष तथा नेकपा माओवादी केन्द्रका नेता समेत रहेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष धीरजबहादुर जाग्रीले एउटै मितिमा एउटै सामग्रीका लागि दुई फरक रकम उल्लेख गरी बिल तयार पारी अनियमितता गर्न खोजेको आरोप लागेको छ।
एउटा हार्डवेयर बाट मिति २०८१ वैशाख २१ गते बिल नं. ९६७ अनुसार ग्याबियन ३ लाख २० हजार, ग्याबियन तार ९ हजार ५ सय, ट्र्याक्टर भाडा १४ हजार र ...



