साउनको पहिलो सोमबार, गोदावरी धाम शिव मन्दिरमा श्रद्धालुको भीड (फोटोफिचर )
धनगढी- आज साउन महिनाको पहिलो सोमबार, सनातन धर्मावलम्बीहरूले भगवान् शिवको पूजाअर्चना गर्दै व्रत तथा उपवास बसेर धार्मिक आस्थाका साथ मनाइरहेका छन्।
यसै अवसरमा कैलालीको गोदावरी नगरपालिकास्थित प्रसिद्ध धार्मिक स्थल गोदावरी धाम शिव मन्दिरमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ।
श्रद्धालुहरू बिहानैदेखि बेलपत्र, दुबो, फूल, दूध तथा जल लिएर शिव मन्दिरमा पूजा अर्पण गर्न पुगेका छन्।
साउन महिनामा पर्ने सोमबारहरू विशेष रूपमा भगवान् शिव र माता पार्वतीको पूजा गर्ने परम्परा रहेको छ। विशेषगरी दाम्पत्य जीवन सुखमय होस्, पारिवारिक समृद्धि र सन्तान लाभको कामना गर्दै भक्तजनहरू यस दिन व्रत बस्ने तथा शिवालयहरूमा पूजाआराधना गर्ने गर्दछन्।
साउन सोमबारलाई 'शिवको प्रिय वार' मानिन्छ र यस अवसरमा शिव-पार्वतीको आराधना गर्ने परम्परा सनातन धर्ममा गहिरो रूपमा जडित छ।
फोटोफिचर...







