Advertisement

Day: २०८२ श्रावण २, शुक्रबार ०७:२७

सुदूरपश्चिमका करार र ज्यालादारी कर्मचारी आन्दोलनमा

सुदूरपश्चिमका करार र ज्यालादारी कर्मचारी आन्दोलनमा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरू आजदेखि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छन्। उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, धनगढीमा भेला भई सेवा सुरक्षा, स्थायीत्व सुनिश्चितता र ‘स्थानीय सेवा ऐन, २०८१’ संशोधनको माग गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्। संघर्ष समितिका अध्यक्ष मनोजप्रसाद भट्टका अनुसार, पूर्वसहमति अनुसार सीमित आन्तरिक प्रतिस्पर्धामार्फत स्थायीत्व दिने प्रतिवद्धता भए पनि हालै पारित ऐनमा सो व्यवस्था समावेश नगरिएको भन्दै आन्दोलनमा जानुपरेको हो। ऐनको दफा १५ (१), १९ (४), ६२ (३) र १२१ (२) तथा (३) मा करार तथा ज्यालादारी कर्मचारीसम्बन्धी व्यवस्था अत्यन्तै सीमित रहेको उनी बताउँछन्। संघर्ष समितिका सचिव तिलकप्रसाद जोशीले केही स्थानीय तहहरूले साउन १ गतेदेखि करार तथा ज्यालादारी कर्मचारीलाई सेवा समाप्त गर्न खोजेको आरोप लगाए। उन...
बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्युँ गाउँपालिका–५ बहोराडीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा ५९ वर्षीया कमला बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। बिहीबार घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा उनी अचानक चिप्लिएर करिब १०० मिटर तल खसेकी थिइन्। घटनापछि स्थानीयवासीको सहयोगमा उनलाई उपचारका लागि जिल्ला अस्पताल चैनपुर लगिएको थियो। तर, उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।...
श्रमिक पारिश्रमिक वृद्धि : न्यूनतम तलब १९ हजार ५५० पुग्यो

श्रमिक पारिश्रमिक वृद्धि : न्यूनतम तलब १९ हजार ५५० पुग्यो

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ– चिया बगान बाहेकका क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भई मासिक १९ हजार ५५० रुपैयाँ पुगेको छ। सरकार, रोजगारदाता र ट्रेड युनियनबीच भएको सहमतिअनुसार नयाँ तलब दर साउन १ गतेदेखि लागू गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। यो दर अघिल्लो न्यूनतम तलबभन्दा २ हजार २५० रुपैयाँले बढी हो। यसअघि चिया बगानबाहेकका श्रमिकको न्यूनतम तलब १७ हजार ३०० रुपैयाँ थियो। चिया बगानमा कार्यरत श्रमिकका लागि भने सम्बन्धित सरोकार पक्षहरूसँग थप छलफलपछि नयाँ तलब दर निर्धारण गरिने मन्त्रालयले जनाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीका अनुसार औद्योगिक सम्बन्ध सुमधुर बनाउन सरकार, रोजगारदाता र श्रमिक तीनवटै पक्षले लचकता अपनाउँदै आपसी सहमतिमा पारिश्रमिक निर्धारण गरेका हुन्। “सहमतिको आधारमा निर्धारण भएकाले कार्यान्वयनमा लैजान सहज हुनेछ,” मन्त्री भण्डारील...
देशभर मनसुनी प्रभाव सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै भारतको उत्तर प्रदेश आसपास विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावसमेत देशमा परेको छ। मनसुनको न्यूनचापीय रेखा औसत स्थानको नजिकै अवस्थित भएकाले मौसममा व्यापक प्रभाव देखिएको हो। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसोको पूर्वानुमानअनुसार, देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागमा केही स्थानहरूमा र अन्य भागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज