मेनका माविकी छात्रा माझीको एसईईमा उत्कृष्ट प्रदर्शन,तुर्माखाँदमा प्रथम र अछाम जिल्लामा ४ औं स्थान प्राप्त
अछाम- २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मेनका माध्यमिक विद्यालय, तुल्लाकी छात्रा रेशम कुमारी माझीले उत्कृष्ट प्रदर्शन गर्दै तुर्माखाँद गाउँपालिकामा प्रथम तथा अछाम जिल्लामा ४"औं स्थान हासिल गर्न सफल भएकी छन्। उनले कुल ३.८२ जीपीए प्राप्त गरेकी हुन्।
रेशम कुमारी माजी गाउँपालिकाभित्र A+ ल्याउने चुनिँदा छात्रामध्ये एक हुन्। उनको यस उत्कृष्ट नतिजाले विद्यालय मात्र होइन, सम्पूर्ण तुर्माखाँद गाउँपालिकाको शैक्षिक गौरव बढाएको छ।
विद्यालयका प्रधानाध्यापक दान बहादुर माझीले रेशमको परिश्रम, समर्पण र अनुशासनलाई प्रशंसा गर्दै यस सफलताले अन्य विद्यार्थीहरूलाई पनि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।...





