अदानचुलीमा विकासको गति: अध्यक्ष मोहन बिक्रम सिंहको नेतृत्वमा पूर्वाधार विस्तार
हुम्ला, अदानचुली — कर्णाली प्रदेशको अति दुर्गम जिल्लामध्ये एक हुम्ला, जहाँ विकासका आधारभूत सुविधाहरू पुर्याउन अझै पनि चुनौतीपूर्ण मानिन्छ। यस्तै भूगोलमा अवस्थित अदानचुली गाउँपालिकामा पछिल्लो समय विकासका संकेतहरू देखिन थालेका छन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित मोहन बिक्रम सिंह गाउँपालिका अध्यक्ष बनेसँगै यहाँ विकासको ढोका खुलेको स्थानीयवासीहरूको भनाइ छ। अध्यक्ष सिंह हाल नेपाली कांग्रेस हुम्ला जिल्ला सभापतिसमेत रहेका छन्। ठुलो पार्टीको नेतृत्वकर्ता भएका कारण पनि संघीय र प्रदेश सरकारसँग समन्वय गर्न सजिलो भएकाले विकास कार्यमा तीव्रता आएको बताइन्छ।
अदानचुली गाउँपालिकामा हाल ६ वटा वडा रहेका छन्। तीमध्ये पाँच वडामा सडक सञ्जाल पुगिसकेको छ भने बाँकी एक वडामा पनि छिट्टै सडक पुग्ने तयारी भइरहेको छ। अध्यक्ष सिंहको पहलमा करिब १० किलोमिटर कर्णाली करिडोर मुख्य सडक खण...



