सुदूरपश्चिम सरकार केबुलकार सम्भाव्यता अध्ययन गर्ने
सुदूरपश्चिम प्रदेश सरकारले प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरू खप्तड, बडीमालिका, मालिकार्जुन शिखर, सिगसधाम, रमारोशनलगायत क्षेत्रमा केबुलकार निर्माणको सम्भाव्यता अध्ययन गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेटमा यसका लागि विनियोजन गरिएको हो।
बजेटअनुसार बडीमालिकामा पर्यटन पूर्वाधार निर्माणका लागि सात करोड २५ लाख रुपैयाँ छुट्याइएको छ भने कैलालीको राजकाँडा–डुडेझारी क्षेत्रको जालपादेवी केबुलकार परियोजना निर्माण कार्य गत पुसदेखि सुरु भइसकेको छ, जसको लागत झन्डै चार अर्ब ४१ करोड रहेको छ।
पर्यटन प्रवर्द्धनका लागि ‘बाँकावीर पर्यटन प्रवर्धन’ कार्यक्रम सञ्चालन गरिनेछ। चुरे क्षेत्रमै प्याराग्लाइडिङ, बर्दगोरिया क्षेत्रमा पर्यटकीय पूर्वाधार र कञ्चनपुरको ब्रह्मदेशमा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण गरिनेछ।
त्यस्तै, पर्यटन सहायता केन्द्रहरू नाका क्षेत्रमा स्थापना गरिने छन्। खेलकुदतर्फ ...



