जन्मदिनको अवसरमा खड्काले गरे अनाथ बालबालिकालाई खाद्यवस्तु तथा स्टेशनरी वितरण
बझाङ ।
दुर्गाथली गाउँपालिका राजस्व शाखा प्रमुख तथा उद्यम विकास सहजकर्ता प्रदिप कुमार खड्काले आफ्नो जन्मदिनको अवसरमा समाजसेवामूलक कार्य गर्दै अनाथ बालबालिकालाई खाद्य सामग्री तथा स्टेशनरी वितरण गरेका छन् ।
आइतबार दुर्गाथली गाउँपालिका वडा नं. १ मा रहेको मदन आश्रीत बाल आश्रममा आश्रित १७ जना अनाथ तथा टुहुरा बालबालिकालाई खड्काले खाद्यवस्तु र शैक्षिक सामग्री प्रदान गरेका हुन् । वितरण सामग्रीमा चामल, नुन, तेल, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामग्री तथा कलम, कपी, पेनसिलजस्ता स्टेशनरी सामाग्री रहेका छन् ।
आफ्नो जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै खड्काले बालबालिकाको उज्यालो भविष्यको कामना गर्दै सानो सहयोगले उनीहरूलाई केही राहत मिल्ने विश्वास व्यक्त गरेका छन् । ´सामान्य उत्सवलाई समाजसेवामूलक बनाउनु सबैको कर्तव्य हो ।,` खड्काले भने, ´बालबालिकाको मुस्कान नै मेरो लागि ठूलो उपहार हो ।`
उनको ...


