मष्टामा २० करोड बढिको बजेट: अध्यक्ष बोहराको पहलले गाउँमा विकासको नयाँ युग सुरु हुँदै
Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: बझाङको मष्टा गाउँपालिकामा विकास, शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा आमूल परिवर्तन ल्याउने बाटो खुलेको छ । गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराको अथक प्रयास र दिगो नेतृत्वको परिणामस्वरूप संघीय सरकारबाट २० करोड रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरिएको छ ।
कहिल्यै पनि राज्यका प्राथमिकतामा नपरेको, सुविधाबाट टाढिएको र अवसरका ढोका पटक–पटक बन्द भएका मष्टामा अहिले भने आशाका ढोका खुलेका छन् । अध्यक्ष बोहरा एक गाउँपालिकाको मात्र होइन, अहिले जिल्लाकै युवा नेतृत्वको प्रतीक बन्न थालेका छन् ।
थुप्रै सरकारी तथा गैसस निकायहरूमा लामो समय काम गरेर व्यावहारिक अनुभव आर्जन गरिसकेका अध्यक्ष बोहराले गाउँपालिका सम्हालेदेखि नै 'विकास, न्याय र जनताको भरोसा' भन्ने मूल मन्त्रमा विश्वास गर्दै आएका छन् ।
अध्यक्ष बोहराको निरन्तर काठमाडौं यात्राको फलस्वरूप संघीय बजेटबाट मष्टाका विभिन्न ठाउँमा सामाज...


