भीमदत्त उत्कृष्ट कृषक पुरस्कारका लागि आज ल्वाडा र खोरीमा कृषि ज्ञान केन्द्र बझाङद्वारा अनुगमन
बझाङ ।
जिल्ला स्तरमा वितरण गरिने भीमदत्त उत्कृष्ट कृषक पुरस्कारको तयारीस्वरूप कृषि ज्ञान केन्द्र बझाङले आज छबिसपाथिभेरा गाउँपालिका–६ ल्वाडा र ७ अन्तर्गत पर्ने खोरी क्षेत्रमा स्थलगत कृषि अनुगमन सम्पन्न गरेको छ ।
अनुगमन टोलीको नेतृत्व वाली संरक्षण प्राविधिक समितिका संयोजक तथा कृषि ज्ञान केन्द्र बझाङका सहायक वाली संरक्षण अधिकृत जनक सिंहले गरेका थिए । टोलीमा भेटनरी अस्पताल तथा पशु सेवा कार्यालयमा कार्यरत समिति सदस्य जय बहादुर खड्का र समन्वय समितिका यज्ञ खत्री सहभागी थिए ।
कृषकहरूको उत्पादन प्रणाली, व्यवस्थापन सीप, प्रविधिको प्रयोग, मेहनत तथा योगदानको मूल्याङ्कन गरी बझाङ जिल्लाभरिबाट छनोट गरिने उत्कृष्ट तीन जना कृषकहरूलाई यो पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितात्मक मूल्याङ्कनका आधारमा छनोटमा पर्ने प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने कृषकलाई क्रमशः रु २५,००० नगद पुरस्कार प्रदान गरि...

