Advertisement

Day: २३ जेष्ठ २०८२ बिहीबार २०:४९

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ‘कुशल फार्मेसी अभ्यास’ कार्यशाला सम्पन्न

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ‘कुशल फार्मेसी अभ्यास’ कार्यशाला सम्पन्न

समाचार
कर्णाली, जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत फार्मेसी महाविद्यालयको आयोजनामा पहिलोपटक ‘कुशल फार्मेसी अभ्यास’ सम्बन्धी एकदिने कार्यशाला भव्य रूपमा सम्पन्न भएको छ। फार्मेसी शिक्षा र अभ्यासको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस कार्यशालामा विभिन्न शैक्षिक तहका विद्यार्थी, प्राध्यापक तथा क्षेत्रीय सरोकारवालाहरू गरी ७५ जनाको सक्रिय सहभागिता रहेको थियो। कार्यशालामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत तेस्रो, चौथो र पाँचौं सेमेस्टरका विद्यार्थीहरूका साथै कर्णाली प्राविधिक शिक्षालयका दोस्रो र तेस्रो वर्षका १० जना विद्यार्थी तथा ६ जना प्राध्यापकहरूको सहभागिता थियो। कार्यक्रमका प्रमुख वक्ता पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका फार्मेसी विभाग प्रमुख डा. राजकुमार थापा हुनुहुन्थ्यो। आफ्नो चार दशकभन्दा लामो व्यावसायिक यात्राको अनुभव सुनाउँदै डा. थापाले नेपालमा फ...
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको सांसद पद निलम्बन

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको सांसद पद निलम्बन

Breaking News 1, समाचार
भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको सांसद पद निलम्बनमा परेको छ । पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो । नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो । यस्तै, मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पहिलोपटक हो ।...
सुदूरपश्चिमका स्थानीय तहहरूमा करार र ज्यालादारीका कर्मचारी भर्नामा कडाइ

सुदूरपश्चिमका स्थानीय तहहरूमा करार र ज्यालादारीका कर्मचारी भर्नामा कडाइ

अछाम, कन्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, ताजा अपडेट, दार्चुला, बझाङ, बाजुरा, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरूमा मनपरी ढङ्गले करार र ज्यालादारीका कर्मचारी भर्नामा कडाइ गरिएको छ।   सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८०ले करार र ज्यालादारीमा कर्मचारी राख्ने कार्यलाई कडाइ गरेको हो।   स्थानीय सरकार प्रमुख वा अरू जनप्रतिनिधिले आफ्ना घर–परिवारका सदस्य, आफन्त, आसेपासे, कार्यकर्तालाई मनपरी तरिकाले करारमा कर्मचारी नियुक्त गर्दै आएका छन्। तर, सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐनले ज्यालादारी वा करारमा नियुक्ति गर्न नपाइने व्यवस्था गरेको हो। ऐनको दफा १५ को उपदफा (१) मा यो ऐन प्रारम्भ भएपछि कर्मचारीले गर्नुपर्ने कामका लागि कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्ति गर्न नपाइने उल्लेख गरिएको छ। उपदफा (१) विपरीत कसैले कुनै व्यक्तिलाई नियुक्ति गरेमा त्यसरी नियुक्ति पाएको व्यक्तिले पाएको तलब, भत्ता र अन्य स...
बेहडाबाबामा गङ्गादशहरा मेला सुरु, बिहानैदेखि दर्शनार्थीको भिड 

बेहडाबाबामा गङ्गादशहरा मेला सुरु, बिहानैदेखि दर्शनार्थीको भिड 

कैलाली, ताजा अपडेट, पर्यटन, ब्यापार, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालीः धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबामा बुधवारदेखि धुमधामका साथ गङ्गादशहरा मेला सुरु भएको छ।   धार्मिक आस्थाको केन्द्रका रूपमा लिइएको यस मन्दिरमा हरेक वर्ष झैँ यस वर्ष पनि गङ्गादशहरा पर्वका अवसरमा मेलाको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले जानकारी दिए। पर्वका अवसरमा मन्दिरमा राति १२ः०० बजे जल चढाएर पूजाअर्चना सुरुआत गरिएको छ।   कैलालीको प्रसिद्ध धार्मिकस्थल मानिने बेहडाबाबामा पूजाआजाका साथै दर्शनका लागि कैलाली, कञ्चनपुरलगायत प्रदेशका विभिन्न स्थानका मानिसहरू यहाँ आउने गर्दछन्। बेहडाबाबा सुदूरपश्चिमको मात्रै नभई देशकै धरोहरका रूपमा परिचित छ। परापूर्वकालमा यहाँ शिवलिङ्ग उत्पत्ति भएपछि मन्दिर स्थापना गरिएको कथन छ।   यहाँ दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ। खासगरी पुत्रलाभदेखि सङ्कटमोचन गर्ने शक्ति ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज