Advertisement

Day: २०८२ जेष्ठ ९, शुक्रबार २०:५३

लामिछाने थुनामै रहने, बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार

लामिछाने थुनामै रहने, बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेका थिए । उनलाई गैरकानूनी थुनामा राखेको भन्दै लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालत अदालतमा रिहा गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले रिहा गर्न अस्वीकार गरेको हो । रवि पत्नी निकिता पौडेलले सुप्रिम बचत उच्च अदालत तुलसीपुर बुटवलले पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध वैशाख ६ गते बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।...
रवि लामिछानेको मुद्दामा सर्वोच्चले आदेश सुनाउने भएपछि सुदुरपश्चिम प्रदेश कार्यालय मा रास्वपाका नेता कार्यकर्ताको भेला

रवि लामिछानेको मुद्दामा सर्वोच्चले आदेश सुनाउने भएपछि सुदुरपश्चिम प्रदेश कार्यालय मा रास्वपाका नेता कार्यकर्ताको भेला

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
धनगडि । बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतले आज (शक्रबार) आदेश सुनाउँदैछ । लामिछाने रिहा हुने अपेक्षा सहित प्रदेश सभापति प्रकाश बिष्ट महामन्त्री सन्तोश जोशि र अन्य राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा ) का नेता कार्यकर्ता तथा समर्थकहरू सुदुरपश्चिम प्रदेश कार्यालयमा भेला भएका छन् । लामिछानेलाई रुपन्देही जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर,उच्च अदालत तुलसीपुरले हिरासतमा राख्ने आदेश दिएपछि रविपत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।...
विद्यालय सुधार योजना निर्माण तथा अध्यावधिक सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न

विद्यालय सुधार योजना निर्माण तथा अध्यावधिक सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ: विद्यालय सुधार योजना (एस.आइ.पि) अध्यावधिक सम्बन्धी दुई दिने कार्यशाला जयपृथ्वी नगरपालिकामा सम्पन्न भएको छ । जयपृथ्वी नगरपालिका अन्तर्गत विभिन्न २० वटा विद्यालयका शिक्षकहरुको सहभागीतामा भएको दुई दिने कार्यशाला विहिबार सम्पन्न भएको हो । समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना अधिकृत बासु ओझाले विद्यालयमा विद्यालय सुधार योजना (एस.आइ.पि) निर्माण गर्न सहयोग पुग्ने उदेश्यका साथ कार्यशालाको आयोजना गरिएको बताए । विद्यालयहरु भरखरै खुलेका र एस.आइ.पि निर्माण गर्न अनुकुल समय भएकाले विद्यालय सुधार योजना (एस.आइ.पि) अध्यावधिक सम्बन्धी दुई दिने कार्यशाला आयोजना गरिएको ओझाको भनाई छ । आर्थिक लगानीले मात्र विद्यालय सुधार गर्न नसकिने बताउँदै विद्यालय सुधारका लागी आवश्यक पुर्वाधारका साथै विभिन्न योजना निर्माण गर्नुपर्ने प्रगतिशिल युवासमाजका कार्यकारी निर्देशक लवराज जोशीले बताए । अब बन्ने योजनाह...
अत्तरियामा बेहोस अवस्थामा भेटिएका एक जनाको मृत्यु

अत्तरियामा बेहोस अवस्थामा भेटिएका एक जनाको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, मुख्य समाचार, सुदूरपश्चिम
९ जेठ, धनगढी- कैलालीको अत्तरियामा बेहोस अवस्थामा भेटिएका एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कमा बिहीबार राति बेहोस अवस्थामा भेटिएका नाम, थर नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार बेहोस अवस्थामा भेटिएका उनलाई प्रहरीले उपचारका लागि पद्ममा अस्पताल पुर्‍याएको थियो । तर पद्मा अस्पतालले सेती प्रादेशिक अस्पताल रेफर गरेको थियो । उनको सेती प्रादेशिक अस्पतालमा राति उपचारकै क्रममा मृत्यु भएको डीएसपी सिंहले जानकारी दिए ।   मृतकको पहिचान भने खुलेको छैन । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।...
चितवनमा बससँग ठोक्किँदा कार चालकको मृत्यु

चितवनमा बससँग ठोक्किँदा कार चालकको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, मुख्य समाचार
९ जेठ, चितवन- पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपालिका २ ज्यामिरे चोकमा बस र ईभी कार ठोक्किँदा एक जना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४२ वर्षीय प्रदिप तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।   उदयपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्बरको कार आज बिहान १ः४५ बजे आपसमा ठोक्किएका थिए ।   दुर्घटनामा गम्भीर घाइते भएका कार चालक तिमल्सिनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएकोमा चिकित्सकले आज बिहान ३ बजेर ५ मिनेटमा मृत घोषणा गरेको प्रहरीको भनाइ छ । भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज