बझाङमा ट्याक्टर बहस कार्यक्रम सम्पन्न
चैनपुर- बझाङमा ट्याक्टर बहस कार्यक्रम सम्पन्न भएको छ । मंगलबार आज सदरमुकाम चैनपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा ट्याक्टरहरुका समस्या र ट्याक्टर चालकले पालना गर्नु पर्ने नियम बारे जानकारी गराइएको थियोे ।
सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीद्वारा दुर्घटना न्युनिकरण तथा ट्राफिक सचेतनाका लागि सञ्चालित नव- प्रवर्तनिय कार्य अन्तरगत ट्याक्टर बहस कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक युवराज भण्डारीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रममा जयपृथ्वी नगरपालिका उपप्रमुख रतन बहादुर सिँह रहनु भएको थियाे ।
उक्त कार्यक्रममा सदरमुकाम स्थित ट्याक्टर धनी र चालकहरुकाे उपस्थिति रहेको थियाे ।
कार्यक्रममा सहभागीहरूलाई डिएसपी भण्डारीले ट्याक्टर बाट दुर्घटना कसरी र के कारणले हुन्छ यसको न्युनिकरण गर्न के के उपाए अप्नाउनु प...





