Advertisement

Day: २०८१ चैत्र २१, बिहीबार २३:५९

दिगो वन कार्यविधिमा घोटाला आरोप- अख्तियारको छापा, मन्त्री चौधरी पदमुक्त

दिगो वन कार्यविधिमा घोटाला आरोप- अख्तियारको छापा, मन्त्री चौधरी पदमुक्त

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा बुधबार छापा मारेको छ। आयोगको टोलीले महत्त्वपूर्ण कागजातहरू संकलन गरेको छ। दिगो वन व्यवस्थापन कार्यविधि निर्माण र पारित गर्दा ठूलो आर्थिक चलखेलको आशंका भएपछि अख्तियारले छापा मारेको हो। सार्वजनिक भएको अडियोमा मन्त्री लक्ष्मणकिशोर चौधरी र सचिवालयका केही कर्मचारीहरूको आर्थिक लेनदेनको कुरा गरिएको छ, जसमा मन्त्री चौधरीले '२५ देखि ३० चाहिने' रकमको चर्चा गर्दै अन्य कर्मचारी र वन माफियासँगको वार्ता सुनिन्छ। मन्त्री चौधरीले पदबाट राजीनामा दिएका छन्। अडियोमा कर्मचारी सरुवा र अन्य आर्थिक चलखेलको पनि कुरा भएको पाइन्छ। अख्तियारका प्रतिनिधिहरूले भनिरहेका छन् कि यदि अडियो प्रमाणित भएमा मन्त्री चौधरीसहित अन्य सरकारी अधिकारीहरूलाई कानूनी कारबाही गरिनेछ। यस विषयले प्रदेश सरकार, राजनीतिक दलहरू र आम ...
गजबको भागाभाग- तीनकुनेबाट गाडी उडाउने दुर्गा प्रसाईंको स्कोर्पियो इटहरीमा भेटियो

गजबको भागाभाग- तीनकुनेबाट गाडी उडाउने दुर्गा प्रसाईंको स्कोर्पियो इटहरीमा भेटियो

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं– तीनकुनको प्रदर्शन स्थलबाट चमत्कारिक रूपमा फरार भएका दुर्गा प्रसाईं चढेको स्कोर्पियो गाडी इटहरीमा फेला परेको छ! बीएबी-४२०८ नम्बरको सो गाडी उपत्यका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। तर गाडी त भेटियो, प्रसाईं भने फेरी अलप भएका छन्। गाडी भेटियो, मालिक पनि समातिए, तर चालक र प्रसाईं ‘हराइरहे’ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले स्कोर्पियो गाडीका मालिक मुकुन्द दाहाललाई पक्राउ गरेको छ। काँडाघारी निवासी दाहाललाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ। प्रसाईंलाई झापामा ‘डेलिभर’ गरियो! अनुसन्धानका क्रममा खुलासा भएअनुसार, तीनकुनेबाट उक्त गाडी ईश्वर विकले चलाएका थिए। विकले प्रसाईंलाई झापा पुर्‍याएको बयान दिएका छन्। झापाको बिएण्डसी अस्पतालसम्म पु¥याएर उनी हराएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।...
राष्ट्रिय दलित गोलमेच सम्मेलनको चौथो बैठक सम्पन्न, भीम र सुशील सदस्यमा मनोनित

राष्ट्रिय दलित गोलमेच सम्मेलनको चौथो बैठक सम्पन्न, भीम र सुशील सदस्यमा मनोनित

Breaking News 1, ताजा अपडेट, समाचार
राष्ट्रिय दलित गोलमेच सम्मेलनको चौथो सचिवालय बैठक काठमाडौंमा सम्पन्न भएको छ। बैठकले भीम मलाती विश्वकर्मालाई भारततर्फ केन्द्रीय सचिवालय सदस्य र सुशील ओखेडालाई मूल आयोजक समितिको सदस्यमा मनोनयन गरेको छ। बैठकले गणतन्त्र र धर्मनिरपेक्षताको समर्थन गर्दै दलित समुदायमाथि हुने विभेद अस्वीकार्य रहेको निष्कर्ष निकालेको छ। सम्मेलन २०८२ वैशाख २९-३१ गते काठमाडौंमा आयोजना गर्ने निर्णय भएको छ। प्रदेशस्तरीय भेला तथा अन्तरक्रिया सम्पन्न भइसकेका छन् भने आर्थिक व्यवस्थापनलाई पारदर्शी बनाइनेछ। प्रचार-प्रसारलाई तीव्र बनाउँदै दलित संगठन, अभियन्ता, बुद्धिजीवी, तथा युवाहरूलाई एकताबद्ध हुन आह्वान गरिएको छ। साथै, विभिन्न क्षेत्रका नयाँ सदस्यहरू मूल आयोजक समितिमा थप गरिएको छ। बैठकमा डा. निर्मल विश्वकर्मा, डा. मित्र परियार, राजेश मयाल (अग्निशिखा) लगायत प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो। सम्मेलनलाई ऐतिहासिक रू...
कैलाली बहुमुखी क्याम्पसमा लबदेव धामी सचिव पदमा उम्मेदवार, दलिय राजनीति मुक्त क्याम्पस बनाउन प्रतिबद्ध

कैलाली बहुमुखी क्याम्पसमा लबदेव धामी सचिव पदमा उम्मेदवार, दलिय राजनीति मुक्त क्याम्पस बनाउन प्रतिबद्ध

Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- धनगढीको कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट लबदेव धामीले सचिव पदमा उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्ता गराएर धामी अहिले अरुलाई पटकपटक हामीलाई एकटक भन्दै प्रचारप्रसारमा होमिएका हुन । धामीले आफू विद्यार्थीका समस्या समाधान गर्दै क्याम्पसलाई दलिय राजनीतिबाट मुक्त गर्ने लक्ष्यसहित अघि बढेको बताएका छन्। उनले क्याम्पसमा शिक्षाको गुणस्तर सुधार, प्राध्यापक तथा पुस्तकको उचित व्यवस्था, विद्यार्थी हकहितको रक्षा, र माफियातन्त्र अन्त्य गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्। धामी सानैदेखि समाजसेवा र पत्रकारितामा सक्रिय छन्। उनले सञ्चार माध्यममार्फत शिक्षा, राजनीति, र समाजमा रहेका विकृति-विसंगतिहरू उजागर गर्दै आएका छन्। साथै, उनले पत्रकारिता अध्ययन गर्ने विद्यार्थीहरूका लागि तालिम तथा प्रशिक्षण कार्यक्रमहरू सञ्चा...
बर्दियामा नगरपालिकाका प्रशासकीय अधिकृत पक्राउ

बर्दियामा नगरपालिकाका प्रशासकीय अधिकृत पक्राउ

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य पक्राउ परेका छन्। अत्यधिक मदिरा सेवन गरी नगरप्रमुख छविलाल थारु र उपप्रमुख रत्नकुमारी पाण्डेलाई अभद्र व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार आचार्यले उपप्रमुख पाण्डेलाई कार्यकक्षमै गएर गालीगलौज गर्दै हातपातको प्रयास गरेका थिए। मंगलबार पक्राउ परे पनि साँझ जमानतमा रिहा भएका उनलाई पुनः मुद्दा चलाउन माग गर्दै प्रहरीमा उजुरी परेको छ। आचार्यले भने नगरप्रमुखले पाँच लाख कमिसन नपाएको झोकमा आफूलाई फसाएको आरोप लगाएका छन्।...
धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ

धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- धनगढीबाट लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट अछामको मंगलसेन नगरपालिका-१ बस्ने १८ वर्षीय किशोर र मंगलसेन नगरपालिका-५ बस्ने १७ वर्षीय किशोर पक्राउ परेका हुन्। दुईजना किशोरलाई १ ग्राम २४० मिलिग्राम खैरो हेरोइनसहित अस्थायी प्रहरी पोष्ट बसपार्क, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिका-६ जंगल रिसोर्ट नजिकबाट सोही ठाउँ बस्ने २६ वर्षीय आशा राम चौधरी र २९ वर्षीय दिलबहादुर चौधरी लागूऔषधसहित पक्राउ परेका छन्। चौधरीलाई १ ग्राम २१० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।...
सपनाकाे बादल

सपनाकाे बादल

ताजा अपडेट, विचार
मानिसले जीवन जिउने क्रममा कतिपय उतारचढावको बीचमा विशेष कारणबस सपना बादलजस्तै हुनु कुनै नौलो कुरा हैन। जिवनमा कहिले छायाँ त कहिले उज्यालो सपना देख्नु सबैको अधिकार हो, तर ती पूरा गर्न आवश्यक साधन, अवसर र संघर्षका कारण सबैका लागि समान हुँदैनन्। शिक्षित र अशिक्षित मानिसहरूको जीवनशैली र अपेक्षामा ठूलो भिन्नता पाइन्छ। सामान्यतया, पढेका मानिसहरू ठूला सपना देख्छन्, जीवनमा ठूलो लक्ष्य राख्छन्, र सफलताको खोजीमा दौडिरहेका हुन्छन्। तर जब ती सपना पूरा हुँदैनन्, निराशा, तनाव, र असन्तोष बढ्छ। यसै क्रममा अर्कोतर्फ, अशिक्षित वा सानो परिधिमा बाँच्ने मानिसहरू साना कुराहरूमा खुशी मान्छन्। उनीहरू महलको सपना देख्दैनन्, बरु राम्रो छानो, दुई छाक खान पाउने अवस्था, र परिवारको सानो खुसीलाई नै उपलब्धि ठान्छन्। उनीहरू सीमित आवश्यकतामा रमाउँछन्। शिक्षित मानिसहरू भने बढी चाहना राख्छन्, किनभने उनीहरू अवसर खोज्ने प्रया...
चौकुने गाउँपालिकामा विकासको फड्को- सडक कालोपत्रे, कृषि प्रवर्द्धन र ताल निर्माणमा जोड

चौकुने गाउँपालिकामा विकासको फड्को- सडक कालोपत्रे, कृषि प्रवर्द्धन र ताल निर्माणमा जोड

समाचार
सुर्खेत- चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिक (बिबश) को नेतृत्वमा विकास निर्माणका कार्यहरू तिव्र गतिमा अगाडि बढिरहेका छन्। २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचित भएपछि अध्यक्ष बिबशले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी चौकुने गाउँपालिकाको प्रमुख माग गुटु-बेनीघाट सडक कालोपत्रे गर्न अनुरोध गरेका थिए। उक्त मागलाई तत्काल सम्बोधन गर्दै पूर्व अर्थमन्त्री जनार्दन शर्मा मार्फत बजेट सुनिश्चित गरी निर्माण कार्य अघि बढाइएको थियो। चौकुने गाउँपालिकाका अध्यक्ष बिबशले व्यक्तिगत रूपमा सडक निर्माण कार्यको अनुगमन तथा निगरानी गरेका थिए। यसै कारण, सुर्खेत जिल्लाको पश्चिम क्षेत्रको पहिलो पिच सडक चौकुने गाउँपालिकामा बन्न सफल भएको छ। सडक निर्माण मात्र नभई, अध्यक्ष बिबशले चौकुनेका जनताको हित हुने विभिन्न योजनाहरूलाई प्र...
आईपीएलमा आरसीबीमाथि गुजरातको सानदार जित

आईपीएलमा आरसीबीमाथि गुजरातको सानदार जित

Breaking News 3, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई पराजित गरेको छ । बेङ्गलुरुमा हिजो भएको खेलमा गुजरात ८ विकेटले विजयी भएको हो । बेङ्गलुरुले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १७ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्‍याे । गुजरातका जोस बटलरले अविजित ७३ रन बनाए । बेङ्गलुरुका जोस हेजलवुड र भुवनेश्वर कुमारले समान १ विकेट लिए । त्यसअघि एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली बेङ्गलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । बेङ्गलुरुका लागि लियम लिभिङ्स्टोनले ५४ रन बनाए । गुजरातका लागि मोहम्मद सिराजले ३ विकेट लिए । गुजरातले खेलेको ३ खेलमध्ये २ मा जीत र १ मा हारका साथ अङ्क तालिकाको चौथो स्थानमा यथावत् छ । गुजरात पहिलो खेलमा पञ्जाब किङ्ग्ससँग पराजित भएको थियो भने ...
आज कोशी र गण्डकीका एक-दुई स्थानमा हिमपातको सम्भावना

आज कोशी र गण्डकीका एक-दुई स्थानमा हिमपातको सम्भावना

Breaking News 3, ताजा अपडेट, समाचार
काठमाडौं- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। दिउँसो कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहे पनि देशका अधिकांश भूभागहरूमा तापक्रम वृद...
भारत जाने श्रमिकलाई पनि बिमा योजनामा समेट्नुपर्छ- मुख्यमन्त्री शाह

भारत जाने श्रमिकलाई पनि बिमा योजनामा समेट्नुपर्छ- मुख्यमन्त्री शाह

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले रोजगारीका लागि भारत जाने श्रमिकलाई पनि बिमा योजनामा समेट्नुपर्ने बताएका छन्। नेपाल बिमा प्राधिकरण सुदूरपश्चिम प्रदेशले आयोजना गरेको बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले रोजगारीका सिलशिलामा भारत जाने श्रमिकलाई बिमा लाभमा समेट्न प्रदेश सरकार संवेदनशील रहेको बताएका हुन्। मुख्यमन्त्री शाहले रोजगारीका लागि खाडी मुलुकलगायत तेस्रो मुलुक जाने श्रमिकसँगै भारत जानेहरूको पनि श्रमिक बिमा गर्नुुपर्ने बताए। श्रमिकले बिमाबाट राम्रो लाभ लिनसक्ने र जनतामा राम्रो सन्देश जाने भएकाले प्रदेशका सचिवहरूलाई भारत जाने श्रमिकको तथ्याङ्क सङ्कलन गरी प्रक्रिया अगाडि बढाउन र गृहकार्यमा लाग्न उनले निर्देशन दिए। मुख्यमन्त्री शाहले प्रदेश सरकारले सुदूरपश्चिमवासीको विपत् बिमा गर्ने योजना लिएकाले नियमनकारी निकाय बिमा प्राधिकरण र बिमा गर्ने सङ्घसंस्थ...
नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता अन्तिम चरणमा

नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता अन्तिम चरणमा

Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं- तराई-मधेश केन्द्रित दुई राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण करिब अन्तिम चरणमा पुगेको छ। एकता प्रक्रियालाई टुङ्ग्याउन दुवै पक्षका नेताहरू पछिल्ला दिनमा सघन छलफलमा जुटेका छन् । दुवै पार्टीलाई एकीकरण गरेर राष्ट्रिय मुद्दा र जनसवाललाई सशक्तरूपमा उठाउनेगरी एकताका लागि पहल गरिएको नेताहरू बताउँछन्। दुवै पार्टीले एकीकरणका लागि गठन गरेका कार्यदलले विभिन्न चरणमा बैठक बसेर सहमतिको विन्दु पहिल्याउन कसरत गरिरहेका छन्। कार्यदल र शीर्ष नेतृत्वतहमा चरणबद्ध छलफल भइरहेको नेताहरूले बताएका छन्। जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले पार्टी एकीकरणलाई अन्तिम रुप दिन आन्तरिक र बहुपक्षीय छलफल तीव्र रूपमा भइरहेको र आगामी वैशाख १५ भित्रै पार्टी एकीकरणको घोषणा गर्नेगरी संवाद भइरहेको बताए । जनमतका तर्फबाट गठित कार्यदलका संयोजकसमेत रहेका उनले भने, ‘नयाँ बन्ने पार्टीको नाम, झण्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज