प्रेस सेन्टर नेपाल सुपको तेस्रो अधिवेशन आलितालमा सुरु,, युद्ध पत्रकार सम्मानित
आलिताल - प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको तेस्रो अधिवेशन सुरु भएको छ ।
श्रमजीवी पत्रकार, प्रविधिमैत्री स्वरोजजगार मिडिया र जनपत्रकारीता , सुशासन समृद्धि र सामाजिक न्यायका लागि हाम्रो प्रतिवद्वता , भन्ने मुल नाराका साथ डडेल्धुराको आलिताल गाउँपालिकामा आजबाट अधिवेशन सुरु भएको हो ।
नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इञ्चार्ज गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यतामा सुरु भएको अधिवेशनमा अध्यक्ष प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष भुवन बोहरा रहनु भएको थियोे ।
अधिवेशनमा महान जनयुद्धको अवधिमा वर्गीय मुक्तिका लागि क्रान्तिकारी विचारलाई बुलन्द गर्दै पत्रकारिताको माध्यमबाट जनयुद्ध सफल बनाउने भुमिका खेलेका २० जना युद्ध पत्रकारहरूलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेमा लक्ष्मणदत्त जोशी दार्चुला,दिपेन्द्र रावल, अछाम , लोकबहादुर बोहरा अछाम, महेश कुमार महरा डडेल्धुरा, सरस्वती ...



