केआईआईटीमा मृत भेटिएकी लम्सालको न्यायका लागी बेंगलोरमा बिरोध प्रर्दशन
बेंगलोर - भारतको भुवनेश्वर,ओडिसा स्थित कलिङ्गा इन्स्टिट्यूट अफ इन्डस्ट्रीयल टेक्नोलोजी (केआईआईटी) बिश्वबिद्यालयको होस्टलमा नेपाली बिधार्थी प्रकृति लम्सालको संकास्पद मृत्यु भयको घटना र त्यसपछि नेपाली बिधार्थीलाई होस्टलबाट बलपूर्वक बाध्य र अपमान गर्दै घर जानलाई निष्कासित गरेको अमानवीय घटनाको घोर भत्सना गर्दै आज बेंगलोरको फ्रिडम पार्कमा नेपालीहरुले शान्तिपूर्ण बिरोध प्रर्दशन गरेका छन। प्रर्दशनकारीहरुले मैनबत्ती बालेर प्रकृतिको आत्माको चिर शान्तिको कामना गर्दै बिरोध प्रर्दशनको सुरुवात गरेका थिए। उक्त प्रर्दशनमा justice for प्रकृति लम्साल लेखेका पेले कार्ड देखाउदै न्यायको माग गरेका छन।
बिरोध प्रर्दशनमा नेपाली संघ संगठन स्थानीय प्रशासन, प्रहरी बल र आम स्थानीय जनाताले उक्त शान्तिपूर्ण बिरोध प्रर्दशनमा सहभागी भयर नेपाली लाई साथ दिएका थिए। सबैको एउटै आवाज थियो प्रकृतिकोको न्याय...









