बझाङको दुर्गाथलीमा ६ सय ५ जनालाई लगाइयो एचपीभी खोप
उत्तमकुमार थापा- बझाङ ।
माग २२ गतेदेखि देश ब्यापीरुपमा पाठेघरको मुखको क्यान्सर विरुद्धको निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ भयो । सोही दिनदेखि बझाङमा पनि जिल्ला स्वास्थ्य कार्यालयद्वारा एचपीभी खाेप सञ्चालन गर्यो ।
जिल्लाका सबै स्वास्थ्य कार्यालयहरुबाट खटिगएका स्वास्थ्यकर्मीहरुले विभिन्न माध्यामिक विद्यालयका कक्षा ६ देखि १० सम्म अध्यानरथ छात्राहरुलाई एचपीभी खाेप लगाएका हुन ।
जिल्ला भरिमा १२ हजार बढी छात्रामा खाेप लगाउने तयारी पछि महिलाको पाठेघर सम्वन्धि क्यान्सर बारे खाेप लगाएकाे थियाे । भने बझाङ जिल्लाकाे दुर्गाथली गाउँपालीकामा ६ सय ५ जनाले खाेप लगाएका छन ।
पालिकाकाे चाैधारी स्वास्थ्यचाैकिमा १ सय २७ माैलाली स्वास्थ्य चाैकीका ७२ सैनपसेला स्वास्थ्यचाैकी ५१ आधाभुत स्वास्थ्य केन्द्र डुङ्ग्री २३ आधाभुत स्वास्थ्य केन्द्र चुवावन ९१ आधारभुत स्वस्थ्य केन्द्र दाैला १ सय ६४ साहयक ईल...



