Advertisement

Day: २०८१ माघ २८, सोमबार १९:१०

बझाङको साइपाल गाउँपालिकामा एभरेस्ट बैँक शाखाको उद्घाटन

बझाङको साइपाल गाउँपालिकामा एभरेस्ट बैँक शाखाको उद्घाटन

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङको साइपाल गाउँपालिकामा एभरेस्ट बैँक शाखाको उद्घाटन गरिएको छ। नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले आज सोमवार बैँकको शाखाको उद्घाटन गरेका हुन। उनी बैँकको शाखाको उद्घाटन गर्न हेलिकोप्टरमा साइपाल पुगेका थिए। सङ्घीय संरचना निर्माण भएको ८ वर्षपछि गत असोजमा पहिलो पटक साइपालमा बैँकले शाखा स्थापना गरेको थियो। यसअघि देशभरमा साइपाल मात्रै बैंकीङ प्रणालीमा जोडिन बाकी रहेको थियो। साइपालमा बैँकको शाखा स्थापना भएको ४ महिनापछि उद्घाटन भएको हो । योसँगै सबै स्थानीय तहमा वाणिज्य बैंक शाखा पुगेको राष्ट्र बैंकले जनाएको छ ।...
दुर्गाथलीमा उपाध्यक्ष कोसेली कार्यक्रम सम्पन्न

दुर्गाथलीमा उपाध्यक्ष कोसेली कार्यक्रम सम्पन्न

समाचार
- उत्तमकुमार थापा :- दुर्गाथली गाउँपालिकामा उपाध्यक्ष कोसेली कार्यक्रम सम्पन्न भएको छ। आज वडा नम्बर ३ र ४ मा आयोजित उक्त कार्यक्रम वडा नम्बर ४ का अध्यक्ष शिवराज जोशीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जनक दौल्याल प्रमुख अतिथि रहनुभएको थियो। उहाँले समाजको समृद्धि र विकासका लागि सबैले योगदान गर्नुपर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा उपाध्यक्ष कोसेली कार्यक्रममार्फत विभिन्न विषयहरूमा छलफल गर्दै आगामी विकास र समृद्धिमा जोड दिनुपर्ने कुरामा विशेष ध्यान दिइएको थियो। साथै, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतले भावी विकास योजनाहरूका विषयमा व्यापक बहस आवश्यक रहेको बताउनुभयो। यस कार्यक्रमले विभिन्न समुदायका नागरिकलाई सूचित गर्दै अगाडि बढ्ने लक्ष्य राखेको छ। विशेषगरी, महिला दिदीबहिनीहरूको चेतनास्तर अभिवृद्धि गर्नु आवश्यक रहेको देखिन्छ। साथै, परिवर्तनशील विकासक...
कञ्चनपुरमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु

कञ्चनपुरमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु

Breaking News 1, कन्चनपुर, घटना, ताजा अपडेट, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी । कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु भएको छ । आइतबार साँझ सवा ५ बजेतिर बेलडाँडी गाउँपालिका–३ खैरिघाटमा बेलडाँडीबाट कलकत्ता जाँदै गरेको सुपप्र ०१–००१ ख ३६१० नम्बरको बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुुनेमा सोही ठाउँ बस्ने मीनबहादुर कुँवरका २ वर्षीय छोरा सुशान्त रहेका छन् । उनलाई ज्ञानसाधना बोडिङ स्कुलको बसले ठक्कर दिएको थियो । सुशान्तको घटनास्थलमै मृत्युु भएको हो । बस प्रहरीले नियन्त्रणमा लिएपनि चालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।...
अछाममा खानीबाट ढुङ्गा निकाल्ने क्रममा एक जनाको मृत्यु, एक जना घाइते

अछाममा खानीबाट ढुङ्गा निकाल्ने क्रममा एक जनाको मृत्यु, एक जना घाइते

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
अछाममा ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । आइतबार दिउँसो मेल्लेख गाउँपालिका-५ को कौलेनामा ढुङ्गा खानीबाट ढुङ्गा निकाल्ने क्रममा एक्कासी माथिबाट खसेको ढुङ्गासहितको पहिरोमा परेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोसँगै खसेको ढुङ्गा लागेर सोही ठाउँ बस्ने ६३ वर्षीय नरबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो । ४८ वर्षीय भीमबहादुर खड्का भने घाइते भएका छन् । उनलाई उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा लगिएको छ ।...
कैलालीमा ५ दिनमा ६५  प्रतिशत किशोरीलाई एचपीभी खोप

कैलालीमा ५ दिनमा ६५ प्रतिशत किशोरीलाई एचपीभी खोप

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
धनगढी । कैलालीमा पाँच दिनमै लक्ष्यको ६५ प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइएको छ । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले २२ माघदेखि आइतबारसम्म जिल्लाभरका ३२ हजार ८८२ जना बालिका र किशोरीलाई एचपीभी खोप लगाइएको जानकारी दिए । उनकाअनुसार विभिन्न खोप केन्द्रमार्फत ६ कक्षादेखि १० कक्षासम्म अध्ययनरत १०-१४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई खोप लगाइएको हो । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार पहिलो दिन चार हजार ८३९, दोस्रो दिन नौ हजार २७५, तेस्रो दिन सात हजार ९७०, चौंथो दिन पाँच हजार १०९ र पाचौं दिन पाँच हजार ६८९ जनालाई खोप लगाइएको छ । भजनी नगरपालिकामा पालिकास्तरीय खेलकुद प्रतियोगिताका कारण ढिलोगरी सोमबारदेखि मात्र खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख कुँवरले बताए । स्वास्थ्य कार्यालयले एचपीभी खोप अभियान अन्तरगत जिल्लाभरका ५० हजार ६ सय १६ बालिका तथा किश...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज