प्रदेश प्रमुख भट्टद्वारा सोनाम ल्होसारको शुभकामना
पोखरा, १७ माघ – तामाङ समुदायको महान् पर्व २८६१ औं सोनाम ल्होसार को अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट ले शुभकामना सन्देश दिनुभएको छ।
प्रदेश प्रमुख भट्टले सोनाम ल्होसारलाई आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्व भन्दै यसले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गर्नुभयो।
शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु।”
साथै, उहाँले यो पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि उर्जा प्रदान गरोस्भन्ने कामना गर्नुभएको छ।
तामाङ समुद...

