धनगढीमा १२ ग्राम ४६० मिलिग्राम खैरो हेरोइनसहित ३ जना पक्राउ
कैलाली, माघ ६:कैलाली प्रहरीले १२ ग्राम ४६० मिलिग्राम खैरो हेरोइनसहित तीनजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीबाट खटिएको टोलीले शनिबार विभिन्न स्थानबाट लागुऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, धनगढी उप-महानगरपालिका वडा नं. २, भन्सार ब्यारेल क्षेत्रमा मोटरसाइकल (सु.प.प्र.०२००३ प ६११५) जाँच गर्ने क्रममा २४ वर्षीय अनिल लामा तामाङ र १८ वर्षीय नवीन कुमार ऐरको साथबाट १२ ग्राम ३६० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ। उनीहरू भारतबाट नेपालतर्फ आउँदै गरेका थिए।
यस्तै, प्रहरी टोलीले धनगढी उप-महानगरपालिका वडा नं. १, अस्पताल रोडबाट शंका लागि जाँच गर्दा डडेल्धुरा, अजयमेरु गाउँपालिका वडा नं. ५ घर भई हाल अस्पताल रोडमा बस्दै आएका २० वर्षीय निरञ्जन पन्तको साथबाट १०० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ।
पक्राउ परेकाहरूबाट बरामद लागुऔषधको कुल तौल १२ ग्राम ४६० मिलिग...

